गुल्मीको रेसुङ्‍गा विमानस्थल दुई महिनादेखि उडानविहीन



गुल्मी – गत वैशाख अन्तिम सातादेखि व्यावसायिक उडान सुरु गरेको गुल्मी जिल्लाको रेसुङ्‍गा विमानस्थलमा २ महिनायता उडान अवरुद्ध भएको छ । साताको २ दिन बुधबार र शुक्रबार उडान तालिका राखेको नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान हुन सकेको छैन् ।

जेठको अन्तिम सातापछि मौसम खराबको कारण उडान हुन सकेको छैन् । पछिल्लो पटक गत ६ असार बुधबार काठमाडौंबाट रेसुङ्‍गा विमास्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौं फर्किएको थियो । त्यसपछि रेसुङ्‍गा विमानस्थलबाट उडान हुन सकेको छैन् ।


Advertisement

रेसुङ्‍गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान गर्दछ । रेसुङ्‍गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ ।

तर, उडान गर्ने बिहान समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले उडान गर्न समस्या हुँदै आएको रेसुङ्‍गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले बताइन् । भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम उडान गर्न समस्या हुँदै आएको उनको भनाइ छ । अनिल खत्री, अनलाइन खबर

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.