मालिका माध्यामिक विद्यालयले संचालनमा ल्यायो स्कुल बस



गुल्मी – गुल्मीको मालिका गाउँपालिका ८ स्थित मालिका माविले पहिलो पटक स्कुल बस सञ्चालनमा ल्याएको छ ।स्कुल बस सञ्चालनमा ल्याए सङै मालिका मावि गुल्मी पश्चिम क्षेत्रमै स्कुल बस सञ्चालन गर्ने पहिलो विद्यालय बनेको छ ।
सोमबार गाउँपालिका अध्यक्ष देवीराम अर्यालले एक कार्यक्रमका बिच स्कुल बसको शुभारम्भ गरेका हुन ।

स्कुल बस शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले यातायातको सुविधा प्राप्त भएको उल्लेख गर्दै शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे ।साथै पालिकाले घोषणा गरेको शैक्षिक सुधार वर्ष २०८० लाई सफल पार्न सबैले आ(आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने उल्लेख गरे ।


Advertisement

नमुना विद्यालय अन्तर्गत विनियोजित ५० लाख रकम मध्ये विद्यालयले स्कुल बस सञ्चालनको लागि ३० लाख रकम विनियोजन गरेको थियो ।३७ सिट क्षमता रहेको बस कर छुट सहित २८ लाख ३३ हजारमा खरिद गरिएको विद्यालयका प्रधानाध्यापक हेमराज पौडेल बताए ।

बस शुभारम्भ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल ,वडा अध्यक्ष सुर्य बहादुर जिसी, वडा सदस्य सागर गिरी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद अर्याल ,स्थानीय अभिभावक ,शिक्षक लगायतको सहभागीता रहेको थियो । स्रोत : गुल्मी अपडेट

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.