गुल्मीमा बालिका मृत्यु प्रकरण : छानबिन समितिले उपचारमा खटिएका स्वास्थ्यकर्मीकाे बयान लिइयो



गुल्मी – गुल्मीमा भएको बालिका मृत्युु घटनामा उपचारका लागि खटिएका स्वास्थ्यकर्मीकाे बयान लिइएको छ । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेकाे नेतृत्वमा गठित छानबिन समितिले उपचारका लागि खटिएका स्वास्थ्यकर्मीकाे बयान लिएको हो ।

उपचारको क्रममा तयार भएका सबै डकुमेन्ट हेर्ने, सिसिटिभी फुटेज हेर्ने, प्रत्यक्षदर्शीलाई सोधपुछ गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीकाे बयान लिने काम भइसकेको छानबिन समितिका संयोजक गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । ‘उपचारमा खटिएका सिस्टर, नर्स र डाक्टरकाे बयान लिइसकेका छौं ।’ उनले भने, “अन्य रिपोर्टहरू पनि तयार हुँदैछन् ।” संयाेजक गैरेका अनुसार छानबिन तिव्र रुपमा अगाडि बढेको छ । छानबिन सकिएपछि समितिले प्रतिवेदन तयार पार्नेछ ।


Advertisement

गुल्मी अस्पतालमा मंगलबार बिहान उपचारको क्रममा अर्घाखाँचीकाे छत्रदेब गाउँपालिका-७ काउलेकी छ वर्षीया प्रशंसा मरासिनीकाे मृत्युु भएको थियो । सामान्य पेट दुखेर अस्पताल ल्याएको र मंगलबार बिहानसम्म चिया बिस्कुट खान्छु भन्ने छाेरीकाे अस्पतालकाे लापरबाहीका कारण मृत्युु भएको आफन्तकाे आरोप छ ।

बालिकाकाे मृत्युपछि मंगलबार दिनै‍भर गुल्मी अस्पताल र जिल्ला प्रशासन गुल्मी तनावग्रस्त बनेको थियो । मृतकका आफन्तले मृतकको न्यायका लागि भन्दै दिनभर आन्दोलन गरेका थिए । आन्दोलन अन्तर्गत टायर बालेर जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि प्रदर्शन गर्ने क्रममा अर्घाखाँचीका तीन जना युवा घाइते भएका थिए । उनीहरुको शरीर आगाेले जलेको थियो । अवस्था भने सामान्य रहेको छ । आन्दोलनपछि सराेकारवाला निकायको छलफलले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । त्यसपछि घटना साम्य बनेको हो ।

मृतक बालिकाकाे पाेष्टमार्टमपछि अन्त्येष्टि गरिसकिएको छ । छानबिन निष्पक्ष हुनुपर्ने र दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्ने मृतकका आफन्तकाे माग रहेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.