मेयर बालेनको फेसबुक स्ट्याटस : चोर सरकारदेखि सिंहदरबार जलाइदिनेसम्मको धम्की



काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले शनिबार राति फेसबुकमा स्ट्याटस लेख्दै सिंहदरबार जलाइदिने धम्की दिएका छन् । उनको यो स्ट्याटस महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेको घटनासँग सम्बन्धित रहेको खुलेको छ ।

स्रोतका अनुसार शनिबार बेलुकी भक्तपुरतिरबाट आएको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र मागेका थिए । ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन आनाकानी गरे । ट्राफिक प्रहरीले सरकारी नम्बरको गाडी शनिवार चलाउन प्रशासनको पत्र चाहिने जानकारी दिए । त्यसपछि ड्राइभरले गाडी काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भएको बताए ।


Advertisement

करिब तीन मिनेट संवादपछि फेरि शनिवार नचलाउन भन्दै प्रहरीले गाडी छोडेका थिए । स्रोतका अनुसार गाडीको पछाडि सिटमा मेयर पत्नी सवार थिइन् । गाडी यसरी रोकिएको केही बेरपछि नै बालेनको स्ट्याटस आएको हो ।–नेपाल प्रेस डट कम बाट

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.