इस्मा गाउँपालिकाद्वारा २६ जना जेष्ठ नागरिक सम्मानित



अनिल खत्री / गुल्मी – गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सोमबार पालिकाको वडानम्बर २ मा छल्दीमा आयोजित कार्यक्रममा पालिका उपाध्यक्ष पार्वती कुँवर, वडानम्बर २ का वडाअध्यक्ष लोकनाथ आचार्य, आशा अपांग केन्द्र गुल्मीका उपाध्यक्ष गंगा रायमाझीले जेष्ठ नागरिकलाई सम्मान स्वरुप हर्लिक्स, च्यावनप्रास र छाता वितरण गरिएको हो ।


पालिकाको वडानम्बर २ मा रहेका ८६ वर्ष माथिका २६ जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप स्वास्थ्यवर्दक सामाग्री प्रदान गरिएको वडाअध्यक्ष आचार्यले बताए । जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो ।जेष्ठ नागरिकसँग पालिका सँगसँगै छ भन्ने सन्देश प्रवाह गर्न सामाग्री प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन ।


Advertisement


इस्मा गाउँपालिकाले ६ वटै वडामा पुगेर जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रममा राखेको छ । त्यस्तै गाउँपालिकाले प्रत्येक वडामै पुगेर अपांगत परिचयपत्र नविकरण र नयाँ वितरण कार्य गर्दै आएको छ ।आइतबार वडानम्बर १ बाट सुरु गरिएको अभियान सोमबार वडानम्बर २ मा गरिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.