गुल्मीको एक विद्यालयमा चट्याङ लागेर आठ विद्यार्थी घाइते



गुल्मी – गुल्मीमा चट्याङ लागेर आठ जना विद्यार्थी घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका -०६ मा अबस्थित कुर्घा निम्न माध्यमिक विद्यालयका आठ जना विद्यार्थी चट्याङ लागेर घाइते भएका हुन् । सोमबार दिउँसो तीन बजे विद्यार्थीले पढिरहेको समयमा सिमसिमे पानी सहित अचानक चट्याङ् लागेर विद्यार्थी घाइते भएको प्राधानाध्यापक मोतिप्रसाद शर्माले जानकारी दिए ।

चट्याङ लागेर ईसा घर्ती, झलका विक, अनुजा विक, अनिसा विक, सृजना शर्मा, समीक्षा थापा, बुद्धिमाया नेपाली र कल्पना विक घाइते भएको प्रधानाध्यापक शर्माले बताए । प्रधानाध्यापक शर्माका अनुसार घाइते भएका आठजना विद्यार्थीमध्ये चारजनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते चारजना विद्यार्थीलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।


Advertisement
Advertisement
Advertisement

सामान्य घाइते भएका अन्य विद्यार्थी नजिकैको स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किसकेका छन् । चट्याङ् पर्दा ३५/४० जना विद्यार्थीहरु एउटै कोठामा बसिरहेका थिए । घाइते भएका केही विद्यार्थीको कपाल, टाउको र कम्मर माथिको भाग जलेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.