सुद्वोधनका चार सय नागरिकले नि:शुल्क गराए स्वास्थ्य परिक्षण



रुपन्देही – रुपन्देहीको सुद्धोधन गाउँपालिका – ०१,रुपन्देहिमा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नि:शुल्क संचालन गरिएको एकदिने स्वास्थ्य शिविरमा झन्डै चार सय नागरिकले स्वास्थ्य परिक्षण गराएका छन् ।

एनएमबी बैकको मुख्य प्रायोजकमा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । स्वास्थ्य शिविर कार्यक्रममा एनएमवी बैक लुम्बिनी प्रदेश प्रमुख शम्भु पराजुलि , अध्यक्ष कृष्ण कुवर, विभिन्न विशेषज्ञ डाक्टरहरु, एनमबी बैक साखा प्रमुख कमल ढकाल लगायतका जनप्रतिनिधिको उपस्तिथि रहेको थियो ।


Advertisement
Advertisement
Advertisement

पहिले शिक्षा धनम सर्बधनम प्रधानम भन्ने भएपनी अहिले फेरिदै आएको जीवन शैलिको कारण स्वास्थ्य पनि मानव जीवनको एक महत्वपूर्ण भएकाले यसको ख्याल राख्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि एनएवी बैक लुम्बिनी प्रदेश प्रमुख शम्भु पराजुलीले बताए । प्रमुख अतिथि पराजुली कार्यक्रममा बोल्दै एनएमवि बैंकले यहि समाजमा रहेर काम गरिरहएको हुँदा सामाजप्रती उत्तरदायि भुमिका निर्वाह गरेको बताउँदै आगामी दिनमानि सहकार्य गर्ने प्रतिबद्धता जनाए।

निशुल्क स्वास्थ्य शिविर कार्यक्रम रुपन्देहीको सुद्दोधन गाउँपालिका – ०१, सिसै माद्यामिक विद्यालयमा भएको थियो । सुद्दोधन गाउँपालिका -१, रुपन्देही, सैनामैना क्लिनिक ,खिमादेबी डेन्टल प्राली. र श्री कृष्ण नेत्रालयले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेका एनएमबी बैकका मुर्गिया शाखाका असिस्टेन्ट रिलेसनसिप म्यानेजर बिमल घर्तीले जानकारी दिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.