गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने



गुल्मी – गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ गुल्मीले पालिका स्तरीय भलिबल प्रतियोगीताको आयोजना गरेको हो ।

आगामी कार्तिक १५ गतेदेखि १८ गतेसम्म ‘प्रथम गुल्मी जिल्ला भलिवल कप २०८०’ संचालन हुन लागेको संघका महासचिव नारायण आचार्यले जानकारी दिए । उनले नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा बिस्तार र राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले चिदिचौरमा पालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता आयोजना गरिएको बताए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

महासचिव आचार्यका अनुसार, पुरस्कार राशीकाे बारेमा संघले छिट्टै निर्णय गर्नेछ । असोज पहिलो हप्ता पत्रकार सम्मेलन गरेर सबै जानकारी गराउने संघको तयारी रहेको महासचिव आचार्यले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.