रेसुङ्गा सभाहल निर्माणको काम तिब्र



गुल्मी – गुल्मी जिल्ला सदरमुकाममा ठूला कार्यक्रम गर्न सभा हल छैनन्। सदरमुकाममा भएका केहि साना हललमा कार्यक्रमहरु हुँदै आएपनि ठूला कार्यक्रममा गर्न समस्या रहेको छ ।जसले गर्दा ठूला कार्यक्रम गर्नु परे खुल्ला चौरमा गर्नु पर्ने बाध्यता रहेको छ । यसै समस्यालाई मध्य नजर राखेर गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर ४ को अर्खलेमा निर्माणधिन ‘रेसुङ्गा’ सभाहल को तिब्र गतिमा काम भइरहेको छ ।जिल्ला सदरमुकाम तम्घासमा हुने ठूला कार्यक्रमहरु गर्नका लागि सभाहल निर्माण गर्न लागिएको हो । जिल्ला सदरमुकाममा केहि निजी सभाहल बाहेक ठूला खालका सार्वजनिक सभाहल छैनन् ।

यो सभाहल निर्माँण भए जिल्ला सदरमुकाममा हुँने ठूला कार्यक्रमको लागि सहजता हुने अपेक्षा गरिएको रेसुङ्गा नगरपालिका वडानम्बर ४ का वडाअध्यक्ष लिलाधर आचार्यले बताए । जिल्लामा ठूला कार्यक्रमहरु गर्न अहिले निकै समस्या रहेको आचार्यले बताए ।ठूला सभाहलको अभावमा साना हलमा ठूला कार्यक्रमहरु गर्नुपर्ने अहिले बाध्यतालाई रेसुङ्गा सभाहले अत्य गरिदिने वडाअध्यक्ष आचार्यको भनाइ छ ।


Advertisement

दुईतले, भूकम्प प्रतिरोधी, भिआइपी रुम, आगो र भूकम्प प्रतिरोधात्मक, फाउन्टेन, गार्डेन र पार्किङ सुविधासहितको दुईवटा हलसहितको आधुनिक सभाहल निर्माण हुने संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीका इन्जिनियर घनश्याम यादवले बताए।४ सय ३० जनाको क्षमता सहितको मुख्य हल निर्माण हुन लागेको हो । सभाहलमै १ सय ८ जना अटने सानो मिनी हल पनि निर्माण हुनेछ । भवन सुबिधा सम्पन्न हुने भएकाले ठूला ठूला कार्यक्रमलाई लक्षित गरेर बनाइएको यादवको भनाई छ ।

सभाहल भवनको भदौको अन्तिम सातासम्ममा ५५ प्रतिशत काम भएको निर्माण व्यवसायी धनिश्वर गौतमले बताए । उहाँका अनुसार कार्यालयबाट समयमै रकम प्राप्त भए तोकिएको समय भन्दा ६ महिना अगाडी नै सभाहलको निर्माणको काम सम्पन्न गरिने उनको भनाइ छ ।जिल्लामै अत्याधुनिक प्रबिधि सहतिको निर्माण हुने सभाल शहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देही मार्फत काम भइरहेको छ ।

भवनको डि.एन.डी. सत्यश्वर, रकेट जेभीले निर्माणको काम गर्दै आएको हो ।सभाहलको १२ करोड, ६ लाख ९२ हजार ५९९ रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको छ ।२०७९ साल कात्तिक २७ गते सम्झौता भइ २०८१ कात्तिक २७ गते सम्पन्न गर्नुपर्ने छ ।सभाहल भवनको तत्कालिन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गर्नुभएको थियो ।✍️अनिल खत्री

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.