गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला



गुल्मी – तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला परेका छन् । जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर ६ का कपिल कुँवर मृत फेला परेका हुन् ।प्रहरीका अनुसार उनी तीजको दिन असाेज १ गते प्युठानकाे झिमरुक गाउँपालिका वडा नम्बर १ बालुवाखोला तिजको नाच हेर्न भनी गएका थिए । तर, असाेज ३ गतेसम्म पनि घर नआएपछि घरपरिवारले प्रहरीमा जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय पुर्काेट दहले त्यसपछि खाेजी कार्य सुरु गरेको थियो । खाेजी कार्यकाे क्रममा असाेज ४ गते दिउँसो साढे १२ बजे प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ सुसानेपहरामा घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।मृत्यु हुनुको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव पाेष्टमार्टमकाे लागि प्युठान  अस्पतालमा लगिएको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.