मालिका बहुउद्देश्यीय सहकारीको तेस्रो साधारण सभा सम्पन्न
नागरिक अपडेट / गुल्मी – मालिका बहुउद्देश्यीय सहकारी संस्थाले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार सहकारी संस्थाले बुटवल उपनगरपालिका १० कालिकानगरमा एक कार्यक्रमको आयोजना गरेर आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो । मालिका बहुउद्देश्यीय सहकारी सस्था २०७८ असार ३१ गतेदेखी “बचत गरी, बचतको सदुपयोग गरौं “भन्ने मूल नारा संचालनमा आएको थियो । उक्त सहकारीले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ०२ मा कार्यालय स्थापना गरेर हालसम्म सेवा प्रवाह गरिरहेको छ ।
हाल सहकारी संस्थाको कुल पुँजी रु. १ करोड ६ लाख १० हजार ८ सय ६४ रुपैयाँ ९५ पैसा रहेको सस्थाका सचीव कृष्ण घिमिरेले जानकारी दिए । कार्यकममा बोल्दै प्रमुख अतथि ओम प्रकाश अर्यालले पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीका कारण दिनहुँ सहकारी संस्था बन्द सङ्गै बदनामी भैरहेको बेला मालिका सहकारी सस्थाले गरेको उपलब्धिले सेयरमा थप उत्साह थपेको बताए । "देश र सामाजमा आर्थिक चलायमान बनाउन सहकारीले ठूलो भुमिका निर्वाह गरेको हुन्छ ।" प्रमुख अतिथि अर्यालले भने
“त्यसैले त्यो भुमिका मालिका सहकारी खेलेको छ ।”
मालिका बहुउद्देश्यीय सहकारीले गुल्मी, पाल्पा र रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाएर कारोवार संचालन गरिरहेको संस्थाका अध्यक्ष दिनेश कुमार लम्सालले जानकारी दिए । अध्यक्ष लम्सालले भने `हजारौं लागनीबाट सुरु भएको सहकारीमा हाल पुँजी हाल वृद्धि भएर करोडौं भइसकेको छ । स्थापना कालमा हामीले ३५ जना सेयर सदस्यबाट सहकारी सुरु गरेका थियौ अहिले सेयर सदस्य बढेर झण्डै २ सय पुगेका छौं ।' अध्यक्ष लम्सालले भने
“समाजमा सहकारीको विश्वसनीयता दिलाउदै लगानी र सेयर सदस्य बढाउदै छौं ।”
साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष दनिश कुमार लम्सालले प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सति पाण्डे पन्थी र रेशम बहादुर लम्सालले गरेका थिए । लेखा समतिले प्रस्तुत गरेको प्रतिबेदन सर्वसम्मत रुपमा पारति भएको संस्थाका सचीव कृष्ण घिमिरेले जानकारी दिए ।