पर्यटकको रोजाईमा पर्न थाल्यो गुल्मीको भार्से गाउँ



गुल्मी –जिल्लाकै सवैभन्दा बढी मगर बस्ती भएको गाउँमा चिनिन्छ गुल्मीको भार्से गाउँ । लाहुरेका गाउँकारुपमा पहिचान बनाएको भार्सेगाउँमा मगर समुदायको परम्परा,रितिरिवाज,भाषा संस्कृति आफ्नै छ । मगर समुदायले कला संस्कृतिको पहिचान र गाउँमै पर्यटकलाई थप आर्कषित गर्न बौद्ध स्तूपा ,फन पार्क निर्माण गरिएको छ । पछिल्लो समय भार्से गाउँ आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा पर्न थालेको छ । गुल्मी जिल्लाकै सबैभन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित मनमोहक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भार्से गाउँ ।

सत्यवति गाउँपालिका–८ भार्सेको देउराली डाँडामा डेढ करोडमा बौद्ध स्तूपा निर्माण भइरहेको छ । समुन्द्री सतहदेखि दुई हजार एक सय ८० मिटर उचाईमा निर्माण भईरहेको स्पूपाको नेतृत्व भार्सेली समाज हङकङले गरेको छ । स्तूपा निर्माणमा भार्से समाज युके,भार्सेली समाज तराई क्षेत्र,भार्सेली समाज काठमाडौं लगायतका संघ संस्था र ब्यक्तिले सहयोग गरिरहेको निर्माण समिति अध्यक्ष नर बहादुर बुढाथोकीले जानाकारी दिए ।


Advertisement

स्तूपा निर्माण संगै भार्से गाउँलाई पर्यटन क्षेत्रमा विकास र पर्यटकलाई आर्कषणका गर्न फन पार्क निर्माण गरिएको छ । भार्से देउरालीबाट उत्तरका धौलागिरी, अन्नपूर्ण र माछापुच्छे्र लगायतका मनमोह हिमश्रृङखला र गुल्मीसहित पर्वत, बाग्लुङ, म्याग्दी, पाल्पा र स्याङजाका महत्वपूर्ण दृश्यावलोक गर्न सकिन्छ । यस गाउँको सुन्दरता र मगरसमुदाय संग रम्न पर्यटकको संख्या दैनिक बढ्दो रहेको स्थानीय सुजन गलामीले बताए ।

कला संस्कृतीको संरक्षणसंगै पर्यटकीय सम्भावना देखेर चार बर्षदेखि होमस्टे सञ्चालन गरिएको छ । होमस्टेका स्वादिष्ट कोदोको ढिँडो, सिस्नो, बाँकको गुन्द्रुक, कालो भट्ट, मकै र फापरको रोटी विशेषता हुन् । होमस्टमा पाल्ने पाहुनाको चाहना अनुसार सोरठी र कृष्णचरित्र झ्याउरे र दोहोरी प्रस्तुत गरेर पर्यटकलाई आनन्दको अनुभूति दिलाउने गर्दछन् । भार्से समुदायले देखाउने प्रस्तुती लुम्बीनी प्रदेशमै प्रख्यात मानिन्छन् । स्तूपा र पार्कसंग थाप्ले, खानीदेखि प्रसिद्ध स्थान राम पाइलालाई जोडेर पर्यटकीय विकास, यसको संरक्षण र प्रचारप्रसार अगाडी बढाउने लक्ष्य रहेको सत्यवती गाउँपालिका ८ का वडाध्यक्ष होम राना बताए । स्तूपा र फन पार्कले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ भने यता पर्यटकले भार्से गाउँलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा लिने गरेका छन् ।

हेर्नुहोस् सुन्दर रमरणीय भार्से गाउँ तस्बिरमा………….

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.