गुल्मीमा एकदिने टेक्निकल सेमिनार हुने



गुल्मी – गुल्मीमा आईटिएभ तेक्वान्दोको टेक्निकल सेमिनार संचालन हुनेभएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आफूहरुले टेक्निकल सेमिनार गर्न लागेको जिल्ला आईटिएभ तेक्वान्दो संघ गुल्मीले जानकारी दिएको छ ।

यही असोज २० गते जिल्लाको सदरमुकाम तम्घासस्थित इन्द्रेणी पार्टी प्यालेसमा तेक्वान्दोको टेक्निकल सेमिनार हुने संघका उपाध्यक्ष अजय बुढामगरले जानकारी दिए । उनका अनुसार, सेमिनारमा तेक्वान्दोमा नयाँ टेक्निकल विधिबाट खेल्नको लागि सहयोग पुग्नेछ ।


Advertisement

सेमिनारमा आईटिएभ तेक्वान्दो संघका नवनिर्वाचित केन्द्रीय महासचिव घमबहादुर थापामगर आउनेछन् । उनले तेक्वान्दोको नयाँ टेक्निकल विधिहरु सिकाउनेछन् । आईटिएभ तेक्वान्दो संघ गुल्मीले यसको तयारी पुरा गरेको छ । सेमिनारमा दुई सय तेक्वान्दो खेलाडीहरु सदरमुकाम तम्घासमा आउनेछन् । सेमिनार असोज २० गते एक दिन मात्र चल्नेछ । पत्रकार सम्मेलनमा आईटिएभ तेक्वान्दो संघ गुल्मीका अध्यक्ष वीरेन्द्र कुँवरले सेमिनारको बारेमा जानकारी गराएका थिए । आईटिएभ तेक्वान्दो संघ गुल्मीका सचिव अमृत रसाइलीले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए ।

आईटिएभ तेक्वान्दो संघ गुल्मीले यसअघि तेक्वान्दो खेलहरु खेलाउने र राष्ट्रिय साथै अन्तराष्ट्रिय स्तरका खेलमा खेलाडीलाई सहभागी गराउन सहयोग पुराएको छ । भने संघले तेक्वान्दो मार्फत गुल्मीको परिचयलाई माथि उठाउन पनि देन दिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.