लोकसेवामा एकैपटक गुल्मीका १७ जनाले निकाले नाम



गुल्मी – लोकसेवा आयोगबाट लिएको परिक्षामा गुल्मी जिल्ला स्थायी घर भएका १७ जना नाम निकाल्न सफल भएका छन्।

लोकसेवा आयोगको बिज्ञापन नम्बर १६६९६/२०७८/०७९ नेपाल प्रशासन सेवा सामान्य प्रशासन, लेखा, राजस्व समूह, लेखा परीक्षण सेवा, संसद सेवातर्फ ११८ पदको लागि अन्तर्वार्तामा समाबेश भएका १६२ मध्ये १७ जना गुल्मेली अधिकृतहरु नियुक्तिको लागि सिफारिस  भएका छन्।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल प्रशासन सेवा सा. प्र. समूहमा मुसिकोट नगरपालिका ७ का तारानाथ फुल्लेल,मालिका गाउँपालिका ०६ का मोतीप्रसाद अर्याल,मदाने गाउँपालिका ४ का कमल सेन ओली सिफारिस भएका छन् । त्यस्तै मदाने गाउँपालिका ७ का अम्रिता पन्थी, रुरुक्षेत्र गाउँपालिका ५ का रामु ज्ञवाली र धुर्कोट गाउँपालिका ७ घर भइ हाल रुपन्देही तिलोत्तमा बस्दै आएकी सरिता भण्डारीको नाम सिफारिस भएको छ ।

नेपाल प्रशासन सेवा राजस्व समूह अन्तर्गत चन्द्रकोट गाउँपालिका ८का भिमप्रसाद सापकोटा, धुर्कोट गाउँपालिका ७का प्रविणा भण्डारीको नाम सिफारिस भएको छ । त्यस्तै नेपाल प्रशासन सेवा लेखा समूहमा धुर्कोट गाउँपालिका ५ का रमेश भण्डारी , इस्मा गाउँपालिका ५ का वसन्त गैरे , मालिका गाउँपालिका ८का अर्जुन पौड्याल , इस्मा गाउँपलिका ६का सुभाषचन्द्र अर्याल , इस्मा गाउँपालिका ५ का हिरामणी गौतम सिफारिस भएका छ ।

त्यस्तै रुरुक्षेत्र गाउँपालिका १ का कैलास राना, मादाने ६का राधा एमसी र मादाने गाउँपालिका ४ कि सिर्जना भट्टराई सिफारिस भएका छन् ।लेखा परीक्षण सेवामा मालिका गाउँपालिका ०६ का नारायण भट्टराई सिफारिस भएका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.