गुल्मीमा चाडपर्व लक्षित गरेर नागरिक सहायता कक्षको स्थापना
गुल्मी – चाडपर्व लक्षित गरेर गुल्मीको सदरमुकाम तम्घास सहित जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ । दशैं तिहार पर्वमा हुने दुर्घटना र अपराधिक गतिविधि न्यूनीकरण गर्न उदेश्य सहित जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्षको स्थापना गरिएको हो ।जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मीले चाडपर्वलाई लक्षित गरेर आइतबारदेखि नागरिक सहायता कक्ष संचालन गरेको प्रहरीले जनाएको छ ।
गुल्मीको सदरमुकाम तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क, जोहाङ्ग, वामी, रिडी बसपार्क, श्रृङ्गा लगायतका ठाउँमा नागरिक सहायता कक्षकोे स्थापना गरिएको छ । चाडपर्वको समयमा यात्रुको सहज र सुरक्षित आवागमनको व्यावस्था गर्न जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्षको स्थापना जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए ।
चाडपर्वको समयमा सवारीको सिट क्षमता अनुसार यात्रु,सामान बोक्न,सहज यात्राका लागि यात्रु र सम्वन्धित यातायात व्यवसायी संघ, संस्थासंग समन्वय गरेर काम गर्ने प्रहरीले जनाएको छ । चाडपर्वको समयमा यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने,कुटिने र चर्को मुल्य तिनु बाध्यता आएमा सिधै प्रहरीलाई खबर गर्न समेत प्ररी उपरीक्षक प्रधानले आग्रह गरेका छन् ।
यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा माईकिङ गर्ने प्रहरीले जनाएको छ । हेल्प डेक्स मार्फत चोविसैं घण्टा विभिन्न ठाउँमा ट्राफिक प्रहरी खटिएर सेवा प्रवाह गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आर्यालले जानकारी दिए । यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा माईकिङ गर्ने प्रहरीले जनाएको छ । नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् । सहायता कक्षले दुर्घटना न्यूनीकरणमा समेत भूमिका खेल्ने अपेक्षा लिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आर्यालले बताए ।