मुसिकोट नगरपालिकामा युवा संघ र तरुण दलले लगाए ताला
गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा युवा संघ र तरुण दलले संयुक्त रुपमा तालाबन्दी गरेका छन्। बुधबार ६ बुँदे माग राख्दै नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशाशकीय अधिकृतको कार्यकक्षमा उनीहरूले तालाबन्दी गरेका हुन्।
नगरपालिकाले सेवामा प्रवाहमा ढिलासुस्ती, सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारीको तलब वितरण कार्यमा ढिलाई गरेको भन्दै दुई संगठनले संयुक्तरूपमा ताला लगाएको युवा संघ गुल्मी इन्चार्ज वसन्त अधिकारीले बताए। नेपालीका महानपर्वमा नगरपालिकाका कर्मचारीले पेन डाउन गरेर प्रशासनिक कार्यमा सेवाग्राहीले सास्ती खेप्नु परेको गुल्मी इन्चार्ज अधिकारीले बताए। ‘हामीले पहिलो चरणमा तालाबन्दी गरेका छौं। तर, नगरपालिकाले हाम्रा मागको सुनुवाइ गरेन भने तत्काल दास्रो चरणका कार्यक्रम सुरु गछौं,’ उनले भने।
६ बुँदे मागपत्रमा स्थानीय तहमा कार्यरत कर्मचारीको पेन डाउनका कारण प्रशासनिक काम प्रभावित भएको छ। नगरपालिकाले मागलाई बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उनीहरूले बताएका छन्।
यस्तो छ बुँदे माग पत्र
