गुल्मीमा आगो लगाएर फरार भएका नेपाली पक्राउ



सांकेतिक तस्बिर

गुल्मी –  स्थानीयको घरमा आगो लगाइदिएर फरार भएका एक ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले झण्डै नौ महिनापछि पक्राउ गरेको छ । जिल्लाको  रेसुंगा नगरपालिका-४अर्खलेका २७ वर्षीय अनिल नेपालीलाई बुधबार प्रहरीले बिशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

नेपाली सोही वडाका प्रेमराज पन्थीको घरमा आगो लगाइ फरार भएका थिए । उनलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो । आगलागी मुद्धामा नेपालीलाई गुल्मी जिल्ला अदालतले २०७८ पुस २९ गते  र उच्च अदालत तुल्सीपुर बुटवलमा २०७९ माघ १६ गते गरेको इजलासको फैसलाले  ११ महिना १३ दिन कैद सजाय तोकिएको थियो ।


Advertisement
Advertisement

फरार प्रतिवादी नेपालीलाई प्रहरीले झण्डै नौ महिनापछि पक्राउ गरेको हो ।  प्रकाउ परेका नेपालीलाई प्रहरीले गुल्मी जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

जिल्ला अदालतको आदेश बमोजिम उनलाई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय तम्घास गुल्मीमा पठाइएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन