६८ औं प्रहरी दिवस : गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना सम्मानित



गुल्मी – गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित भएका छन् । मङ्गलबार ६८ औं प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रमा कार्यरत १६ जना प्रहरीलाई सम्मान गरिएको गुल्मी जिल्लाका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

एक वर्षको अवधिमा कार्यालय मातहतमा रहेर सूचना सङ्कलन, विपद्, अपराध न्यूनीकरणका साथै विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरीलाई सम्मान गरिएको हो । यसरी  उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान गर्दा काममा थप उत्प्रेरण जाग्ने र आन्तरिक रुपमा पनि प्रतिस्पर्धा हुने उहाँको भनाइ छ । सम्मानित हुनेमा कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षकसम्म रहेको पाण्डेले जानकारी दिनुभयो ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले इश्मा र रुरुक्षेत्रमा प्रहरी चौकी निर्माणका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई समेत सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरी दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले प्रहरीले गरेको कार्य उत्कृष्ट रहेको बताउँदै आफनो क्षेत्रमा थप परिस्कृत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रहरीले विपद्, अपराध अनुसन्धान, सुरक्षा र नागरिकको सेवामा नजिकबाट कार्य गरेको भन्दै प्रहरीको खुलेरै प्रशंसा गर्नुभयो ।

गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला प्रशासन प्रथम हुनुमा पनि प्रहरीको ५० प्रतिशत देन रहेको उहाँको तर्क छ । तिलाचन पाण्डे गोरखापत्र

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.