गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ



गुल्मी – गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ परेका छन् । जिल्लाकाे मालिका गाउँपालिका-४ अर्खबाङ्गमा दसैं त्रयाेदशीमा भएको सराय नाच सकिएपछि साँझ  मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

उनका अनुसार, दसैं त्रयाेदशीका दिन अर्खबाङ्गमा साँझपख शान्ति सुरक्षा भंग गरेको, अशान्ति तथा असुरक्षा बढाएको र एकआपसमा झैझगडा गरेकोले साेही स्थानबाट १२ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई शान्ति सुरक्षा खलबलाएकाे कसुरमा सार्वजनिक मुद्दा चलाउने तयारी भएको छ ।


Advertisement

यस घटनामा अर्खबाङ्ग प्रहरीले जिल्लामा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टाेलीले घटनामा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु अहिलेप्रहरी हिरासतमा छन् ।

पक्राउ पर्नेमा सन्तबहादुर थापा, केशव खड्का, अनिल थापा, विशाल थापा, विकल्प थापा, साहिल जिसी, नरेन्द्र थापा, भरत थापा, अनिल ठकुरी, नारायण पाण्डे, विपिन थापा र गुञ्जबहादुर थापा छन् । पक्राउ परेेका अधिकांश मालिका गाउँपालिका वडा नम्बर ३ ह्वाङ्दीका छन् । केही अन्य वडाका पनि छन् । उनीहरूले मादक पदार्थ सेवन गरेर ड्युटीमा खटिएका प्रहरी माथि अभद्र व्यवहार पनि गरेका थिए ।स्रोत : लाइभ गुल्मी

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.