गुल्मीमा भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा



गुल्मी – गुल्मीमा हुने प्रथम पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको छ । कातिक् १५ गतेदेखि १८ गतेसम्म सन्चालन हुने पालिकास्तरिय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको आयोजक जिल्ला भलिबल संघ गुल्मीले जानकारी दिएको छ । पालिकास्तरिय भलिबल् प्रतियोगितामा पुरुष र महिला तर्फ जिल्लाका १२ वटा पालिकाले नै समुह दर्ता गरेको जिल्ला भलिबल संघ गुल्मीका अध्यक्ष राजन कुँवरले जानकारि दिए ।


अहिले खेल् सन्चालान हुने स्थान चिदिचौर खेलमैदानमा मैदान मर्मतको काम चलिरहेको छ । चार दिनसम्म सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा हुने भलिबल कपमा पुरुष तर्फको प्रथम पुरस्कार ७७ हजार ७ सय ७७ दृतिय पुरस्कार ५५ हजार ५ सय ५५ तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित कप मेडल र प्रमाणपत्र रहेको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement


यस्तै महिला तर्फ प्रथम पुरस्कार ३५ हजार दृतिय पुरस्कार २५ हजार तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल मेडल प्रमाणपत्र रहेको महासचिव आचार्यले जानकारी दिए । कपको मुख्य प्रयायोजक गुल्मीकै पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलाडी रेसुङ्गा नगरपालिका दुई निवासी प्रेम कुँवर रहेको आयोजकले जनाएको छ ।

कुँवर जिल्ला,अन्चल र देशको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा पुग्दै दुई पटकसम्म साउथ एसियन कप खेलेको आयोजकले जानकारी दिएको । जिल्लाका स्थानीय तह बिचको आत्मीयता बढाउन, रेसुङ्गा, अर्जुन, उनाएचौर जस्ता धार्मिक एवं पर्यटकीय स्थलको प्रचारमा टेवा पुर्याउन साथै व्यपार व्यवसायीको प्रबर्द्धन गर्नु पनि कपको उदेश्य रहेको आयोजकले बताएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.