प्रथम भलिबल प्रतियोगितामा २१ समुहको सहभागीता



गुल्मी – गुल्मीमा हुनलागेको प्रथम पालिकास्तरीय भलिबल प्रतियोगितामा १२ पालिकाबाट २१ समुह सहभागी हुने भएका छन् । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर प्रथम गुल्मी भलिबल कप २०८० को सम्पुर्ण तयारी सकिएको जानकारी दिएको छ ।

त्यस्तै बुधबारदेखि कार्तिक १८ गतेसम्म संचालन हुने भलिबल प्रतियोगितामा चन्द्रकोट, छत्रकोट र मदाने गाउँपालिकाका महिला खेलाडी सहभागीता नरहेको जिल्ला भलिबल संघ गुल्मीले जनाएको छ ।


Advertisement

जिल्लामा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि दसैं र तिहार पर्वको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको आयोजना गरिएको गुल्मी भलिबल संघका महासचिव नारायण आचार्यले जानकारी दिए।

पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ कप, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै द्वितीय ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीया ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वनाले नगद ११ हजार १ सय ११ रुपैयाँ ,कप, मेडल र प्रमाणपत्र पाउने छन्। 

त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ, तृतीय हुनेले १५ हजार रुपैयाँ र सान्त्वनाले हुने नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

पछिल्लो समय गाउँ शहरमा देशको राष्ट्रिय खेल भलिबल हराउँदै गएकाले यसको संरक्षण र खेलाडी उत्पादन गर्न भलिबल कपले थप टेवा पुग्ने जिल्ला भलिबल सघ गुल्मीका अध्यक्ष राजन कुँवरले बताए ।

दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा तीन पालिकाका महिला बाहेकका अन्य खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी खेलमा सहभागी हुन पाउने छैनन् ।प्रथम पालिका भलिबल प्रतियोगिताबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने आयोजकले लक्ष्य लिएको छ ।

लुम्बिनी प्रदेशमा भएको नवौं राष्ट्रिय भलिबलमा गुल्मी प्रथम समेत भएको थियो । गुल्मी जिल्लाकै पहिलो राष्ट्रिय खेलाडी छवि खरेल सहित राष्ट्रिय,अन्तर्राष्ट्रिय तथा पुर्व  खेलाडीलाई सम्मान गरिने आयोजकले जनाएको छ । भोलि हुने पहिलो खेलमा मालिका गाउँपालिका र रेसुङ्गा नगरपालिका बीच प्रतिस्पर्धा हुने छ । 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.