छत्रकोटका नागरिकले मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गर्न पाउने



गुल्मी – गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाका नागरिकले नि: शुल्क मोतियाबिन्दु को शल्यक्रिया गर्न पाउने भएका छन् । त्यसका लागि छत्रकोट गाउँपालिका र नेत्रज्योति संघ गुल्मी शाखा बिच सम्झौता सम्पन्न भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

सम्झौता भएसँगै छत्रकोट गाउँपालिकाको सिफारिसमा नागरिकहरुले जिल्ला आखाँ उपचार तथा शल्यक्रिया केन्द्र, तम्घासबाट मोतियाबिन्दुको नि:शुल्क शल्यक्रियाको सुविधा लिन सक्ने पाण्डेले बताए । मोतियाबिन्दु लागेर शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका पालिका वासीले यो सुबिधा लिन गाउँपालिकाले आग्रह समेत गरेको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

यो सेवा लिन पालिकाको सिफारिस लिएर आँखा उपचार केन्द्र तम्घास गुल्मीबाट लिन सक्नेछन् । मोतियाबिन्दुको शल्यक्रियामा लाग्ने सम्पूर्ण खर्च पालिकाले भुक्तानी गर्ने भएको छ ।

यश अघि जिल्लाका अन्य पालिकाहरुले पनि मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएर नागरिकलाई सेवा दिँदै आएका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.