गुल्मी महोत्सव : कार्तिक १८ गते बद्री ,रमेशराजसँगै दर्जन कलाकारको प्रस्तुती रहने



गुल्मी – आज गुल्मी महोत्सवको तेस्रो दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवमा विभिन्न बिधाका राष्ट्रिय कलाकारद्वारा प्रस्तुती राखेका थिए ।गुल्मी उद्योग संघको आयोजनामा हिज अथार्त १५ गतेदेखि संचालन भएको गुल्मी महोत्सवको कात्तिक २५ गतेसम्म उपल्लो तम्घास चल्नेछ ।

महोत्सको तेस्रो दिनका रुपमा लोक तथा दोहोरी गायक बम बहादुर कार्की, राम्जी खाँण, भुमिका गिरी, बावुराम पन्थी, लगायतका कालाकारले प्रस्तुति राखेका थिए ।
महोत्सवको चौथो दिन अर्थात कात्तिक १८ गते गायक बद्री पंगेनी, रमेशराज भट्टराई, घनश्याम रिजाल, लक्ष्मण खड्का, पबित्रा सर्तुङ्गी मगर, गाणेश अधिकारी,नवराज थापा लगायतका कलाकारके प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक खुम खत्रीले बताए ।


Advertisement


उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ भन्ने नाराका साथ चलेको मेलामा ३ सय वटा स्टल रहेका छन् । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पु¥याउने आयोजकले लक्ष्य लिएको आयोजकले जनाएको छ ।


गुल्मी महोत्सवमा उपल्लो तम्घासमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्मक पिङ लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री वितरणको लागी राखिएको छ । महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा नेपाली सिने जगतमा महानायक राजेश हमालदेखि लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न बिधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको गुल्मी उद्योग संघका बरिष्ठ उपाध्यक्ष जनक पन्थले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.