सत्यवतीले जित्यो प्रथम गुल्मी भलिबल कपको उपाधि



गुल्मी – प्रथम गुल्मी भलिबल कप २०८० को उपाधि सत्यवती गाउँपालिकाले जितेको छ । जिल्ला भलिबल संघ गुल्मीले संचालन गरेको पालिकास्तरीय महिला र पुरुष भालिबल प्रतियोगिताको दुवै उपाधि हात पार्न सत्यवती गाउँपालिकाले नै सफल भएको हो । महिला र पुरुष दुवै तर्फको द्धितीय पुरस्कार कालीगण्डकी गाउँपालिकाले हात पारेको छ ।

भलिबल प्रतियोगितामा पुरुषतर्फ चन्द्रकोट र महिला तर्फ दरबार गाउँपालिकाले तृतीय स्थान हाँसिल गरेका छन् । त्यस्तै पुरुष तर्फ मुसिकोट नगरपालिका र महिला तर्फ रुरुक्षेत्र गाउँपालिका सान्त्वना भएका हुन् ।


Advertisement
Advertisement
Advertisement


पुरुष भलिबल खेलमा प्रथमले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ कप, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै द्वितीय ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीया ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वनाले नगद ११ हजार १ सय ११ रुपैयाँ ,कप, मेडल र प्रमाणपत्र पाएका छन् ।


त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ, तृतीय हुनेले १५ हजार रुपैयाँ र सान्त्वनाले हुने नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएका हुन् ।


कार्तिक १५ गतेदेखि १८ गतेसम्म संचालन भएको भलिबल कपमा जिल्लाका १२ वटै स्थानीय तहका पुरुष खेलाडीे सहभागी थिए । त्यस्तै महिला भलिबल प्रतियोगितामा चन्द्रकोट,छत्रकोट र मदाने बाहेका ९ वटा स्थानीय तहका महिला खेलाडीले सहभागिता जनाएको जिल्ला भलिबल संघ गुल्मीले जनाएको छ ।


अन्तर्राष्ट्रिय भलिबल महासंघ र नेपाल भलिबल संघको नियम सहित खेल नकआउट सिस्टममा खेलाईएको थियो । जिल्लाको सदरमुकाम तम्घास चिदिचौर खेल मैदानमा संचालित प्रथम गुल्मी भलिबल कपले नयाँ खेलाडी उत्पादन, खेलको विकास र विस्तारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा लिएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन