अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु



अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार  दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा  ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए । उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक  रिजालले बताए ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.