जन्मदिनको अवसरमा आशा अपांग केन्द्रलाई सहयोग



गुल्मी – गुल्मी उद्योग संघका  वरिष्ठ उपाध्यक्ष तथा लोकदोहोरी प्रतिस्ठान गुल्मीका पुर्व अध्यक्ष जनक पन्थले आफ्नो जन्मदिनको अवसरमा आशा अपांग केन्द्रलाई नगद सहित खाद्यान्न सामग्री सहयोग गरेका छन्। 

जिल्लाको रेसुङ्गा नगरपालिका ०१ क्याम्पसरोडमा विगत केही बर्षदेखि व्यावसाय गर्दै आएका पन्थले जन्मदिनमा सदरमुकाम तम्घासस्थित आशा अपांग केन्द्रलाई नगद सहित खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।


Advertisement
Advertisement
Advertisement

´पछिल्लो समय जन्मदिन मनाउने बाहानामा हजारौँ रकम होटल रेस्टुरेन्टमा खर्च गर्ने चलन छ,` पन्थले भने,´मैले अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै फजुल खर्चलाई कटौती गरेर संस्थालाई सहयोग गरेको हुँ।` ´जन्मदिनको नाममा केक काट्ने साथीभाइ बोलाएर तडकभडक गर्ने चलन छ । त्यस्तो प्रचलन चिर्न हरेक बर्ष मैले यस्तो सहयोग र सामाजिक काममै खर्चिने गरेको छु ।` उनले भने

पन्थले यसअघिका जन्मदिन पनि आशा अपाङ्ग केन्द्र, वृद्धाआश्रममा रकम र खाद्यान्न सहयोग गर्दै छन् । ऊनी हरेक सामाजिक कार्यमा सरिक हुँदै आएका छन् ।आशा अपाङ्ग केन्द्र र यहाँका नागरिकको आवश्यकतालाई हेरेर सहयोग गरेकोमा पन्थलाईआशा अपाङ्ग केन्द्र गुल्मीका लेखापाल अमृत विश्वकर्माले धन्यवाद दिए ।

पन्थले गरेको उदाहरणीय कार्यले समाजमा सकारात्मक सन्देश दिएको बताउँदै गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले सामाजिक उत्तरदायित्व बहन भएको छ। उनले भने ´जन्मदिनमा हुने फजुल खर्च राेकेर  सामाजिक काम र गरिब दुखीलाई सहयोगका कार्यमा जोड दिनुपर्छ ।`

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन


Advertisement
विज्ञापन