उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हिरा



गुल्मी – उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा हिरा ए सी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सहकारीको चौथो साधारण सभाबाट ए सीकाे अध्यक्षतामा सर्वसम्मत नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा टामलाल के. सी, सचिव भरत चन्द,सहसचिव विमल छन्तेल,काेषाध्यक्षमा विन्दू पन्थी सर्वसम्मत निर्वाचित भएका छन् । समितिको सदस्यमा  हिमालय के. सी.,भगवती थापा,सीता भुसाल सापकाेटा ,सालिकराम बस्नेत रहेका छन् । त्यस्तै प्रकाश चालिसेको संयाेजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरिएको छ । लेखा सुपरिवेक्षण समिति सदस्यमा एलिजा थापा श्रीस र कृष्ण बहादुर पाण्डे छन् ।


Advertisement

साधारणसभाको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज खत्री क्षेत्रीले उद्घाटन गरेका थिए । सहकारीले माध्यमिक तहको परिक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरी र असल तथा नियमित बचतकर्तालाई सम्मान गरेको छ । चौथो साधारणसभामा उत्कृष्ट अंक ल्याउने आकृती मरासिनी, बबिता भुसाल , नियमित वचतकर्तातर्फ   प्रदीप छन्त्याल , दैनिक बचतकर्ता लक्ष्मण बन्जाडे , दैनिक असल बचतकर्ता सीता भुसाल भण्डारी सम्मानित भएका छन् ।

पछिल्लो समय केही सहकारी संचालक र कर्मचारीले गरेको खराब प्रवृत्तिका कारण देशभरका सहकारीले बदनामी बन्नु परेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले बताए ।कृषि सामाग्रीको संकलन ,प्रशोधन र बजारीकरणको उदेश्य बोकेको सहकारीले सानो लगानीबाट ठूलो उपलब्धि हासिल गरेको बताउँदै अध्यक्ष खत्रीले सतहमा देखिएका समस्या पहिचान गरेर समाधान खोज्दै सकारात्मक बाटो पैदा गरेमा सहकारी सफल हुनेमा जोड दिए ।

सहकारीको चौथो साधारणसभाको प्रमुख अतिथि समेत रहेका खत्रीले सहकारी सस्था स्थापना भएको छोटो समयमै गरेको प्रगतिको प्रशंसा गर्दै युवालाई उद्यमशिलाता सङ्ग जोडेर अगाडि बढ्न आग्रह समेत गरेका छन् ।

३० असार २०७७ सालमा भूमि ब्यावस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशमा दर्ता सहकारीले सदस्य बिस्तारको लागि गुल्मी र अर्घाखाँची उद्यमशिल तथा ब्यापार बिस्तारको लागि पाल्पा र अर्घाखाँची तोकिएको छ ।

सहकारीले स्थापना कालदेखी २०८० असार मसान्तसम्म दुई करोड १६ लाख २५ हजार पाँच सय १७ रुपैयाँ बचत रकम संकलन गरेको छ । त्यस्तै दुई करोड २२ लाख ६६ हजार सेयर पुँजी निर्माण गरेको संस्थाले गत असार मसान्तसम्म चार करोड २८ लाख ३१ हजार दुई सय ६६ रुपैयाँ ऋण लगानी गरेको छ । गाउँमा कृषि उपजको  बजारीकरण कृषि सामाग्रीको संकलन , प्रशोधन र बजारीकरणको सहकारीले तयारी थालेको छ । यस सहकारी संस्थामा पाँच सय २१ सदस्य आवद्ध रहेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.