विवाहको खर्चले गाउँमा निःशुल्क स्वास्थ्य शिविर



गुल्मी –हाम्रो नेपाली समाजमा विवाहलाई भड्किलो बनाई भोजभतेर वा कुनै पार्टी प्यालेसमा फजुल खर्च गर्ने प्रचलन छ । विवाहमा लागेको खर्चको ऋणले डुबेका खबर कहिकतै सुनिन्छन् । तर चर्चित युटुवर तथा संचारकर्मी मोहन बस्नेत दम्पतीले आफ्नै जन्मगाउँमा एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । विवाहमा हुने फजुल खर्चको रकमबाट संचारकर्मी बस्नेतले लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरु गाउँमै लिएर नागरिकको स्वास्थ्य चेकजाँच गरेर समाजमा अनुकरणीय काम गरेका हुन् ।

पछिल्लो समय गाउँशहरमा हुने गरेका भड्किलो विवाह आफूहरुले नगरी गरिबीका कारण स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकको स्वास्थ्यको चेकजाँच सहित समाजमा सकारात्मक सन्देश प्रवाह गर्न शिविरको आयोजना गरिएको संचारकर्मी तथा समाजसेवी मोहन बस्नेतले बताए । “आजभोली विवाहको नाममा अपत्यारीलो र अनावश्यक रुपमा खर्च भएका छन् , जसले तपाई हामी सहित सिंगो समाजलाई चुनौति दिईरहेको छ ।” संचारकर्मी बस्नेतले भने ´हाम्रो विवाहमा हुने फजुल खर्च गाउँका विपन्न गरिब,दुखीको सेवामा खर्चिएको छौं, त्यो नै म र मेरो परिवारको खुसी मानेका छौं ।`


Advertisement


शनिबार रेसुंगा नगरपालिका ३ भाडगाउँ स्थित भाडगाउँ माध्यमिक विद्यालयको प्राङ्गणबाट ४९ जनाले भिडियो एक्सरे,२० जनाले इसिजी, एक सय आठ जनाले सुगर,४३ जनाले युरिक एसिड,२२ जनाले पिसाब, करिब ४ सय जनाले ओपिडी सेवा लिएका छन् । त्यस्तै विशेषज्ञ डाक्टर सहितको सेवा गाउँबाटै लिएपछि स्वास्थ्य सम्बन्धि विशेषज्ञ सहितको परामर्श र सेवा लिन पाल्पा,बुटवल लगायतका शहर जानुपर्ने बाध्यता हटेको छ । शिविरबाट भाडगाउँ माध्यमिक विद्यालयका ६५ जना विद्यार्थीले आफ्नो रक्त समूह जाँच गरेका थिए । एकदिने शिविरमा स्वास्थ्य चेकजाँचको लागि आएका विरामी दम,सुगर,प्रेसर,टाउको दुखाई लगायतका समस्याका रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत कन्सलटेन्ट फिजिसियन डाक्टर शम्भु खनालले बताए।


शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत महिला तथा स्त्री रोग विशेषज्ञ डा. नवीन तिरुवा,प्रेसर थाइराइतका दल पेट कती तथा मुटुरोग विशेषज्ञ डा. शम्भु खनाल,हाडजोनी तथा नशा रोग विशेषज्ञ डा.रमेश अर्याल डा. टाउको तथा मनोरोग विशेषज्ञ डा.असिम रेग्मीले बिरामीको चेकजाँच गरेका थिए । बिशेषज्ञ सहितको सेवा लिन पाल्पा,बुटवल लगायतका हस्पिटलमा जान नपरेको सेवा लिन आएका सेवाग्राहीले बताएका छन् । केहिदिन अघि बस्नेत दम्पतीले विवाहको केही खर्चबाट उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्यनरत फरक क्षमता भएका ६५ जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेका थिए । संचारको माध्यमबाट गरिब तथा दुखीलाई मलम लगाउँदै आएका बस्नेतले गरेको स्वास्थ्य शिविरले समाजमा अनुकरणीय काम गरेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।


गत मंसिर १३ गते गुल्मीको रेसुंगा नगरपालिका ३ भाडगाउँका मोहन बस्नेत र रेसुंगा नगरपालिका २ उदिङढुङ्गा निवासी सरस्वती आचार्य सामाजिक परम्परा अनुसार वैवाहिक जीवनमा बाँधिएका थिए । विवाहमा हुने अनावश्यक खर्च सामाजिक क्षेत्रमा खर्चिएर समाजमा उनले गरेको काम प्रशंसायोग्य मात्र नभई असल कर्मको सुरुवात गरेको रेसुंगा नगरपालिकाका उपमेयर अमृतादेवी कुवँरले बताईन् । हरपल सामाजिक कार्यमा अग्रसर हुने बस्नेतको जोडीले समाज परिवर्तनको संज्ञा दिएको कतिको बुझाई छ ।शिविरबाट गुल्मीको सदरमुकाम तम्घास बजार सहित आसपासका क्षेत्रका बिरामीले सेवा लिएका छन् ।

नेपाल अपडेट नामक युटुवका संचालक समेत रहेका बस्नेतले गाउँका कुनाकन्दरामा पुगेर गरिब दुःखीलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । बिवाह खर्च जोगाएर आफ्नै गाउँमा निशुल्क संचालन गरिएको स्वास्थ्य शिविरले गुणस्तरीय सेवाको लागि शहरका अस्पत्ताल खोज्दै जानुपर्ने बाध्यता हटेसंगै बस्नेत दम्पती समाजमा प्ररेणाका पात्र बनेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
विज्ञापन