पहिलाे पाईला नेपालद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण



गुल्मी – पहिलाे पाईला नेपाल बुटवल शाखाले कमजाेर पारिवारिक तथा आर्थिक अबस्था कमजोर भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका १ मा अबस्थित जनजागृती आधारभुत बिद्यालयका ६४ जना विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।  जाडो समयमा विद्यार्थीलाई  न्यानाेपनकाे माया बाँड्ने उदेश्यसहित सञ्चालन गरेकाे “न्यानाे माया अभियान” बाट  ट्रयाकसुट, टाेपी, माेजा वितरण गरिएको पहिलो पाइला नेपाल बुटवलले जनाएको छ ।

जिल्लाको सदरमुकाममै पालिका भएपनि भाैगाेलिक रुपमा अत्यन्तै दुर्गम रहेको बताउँदै मल्लरानी गाँउपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न काम गरिरहेको उनले बताए । पालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै यसको दिगाे बिकासका लागि निरन्तर कार्ययाेजना बनाएकाे अगाडी बढिरहेको अध्यक्ष खड्काले बताए । चिसो समयमा गरिएको कपडा हस्तान्तरणले विद्यार्थीको शैक्षिक गतिविधिमा थप उत्साह उत्साह प्रदान गरेको बताउँदै खड्काले पहिलाे पाईला नेपाल बुटवललाई धन्यवाद दिए ।


Advertisement

पहिलाे पाईला नेपाल सङ्ग जोडिएका युवाहरुले  सामाजिक क्षेत्रमा विभिन्न अभियान मार्फत  सेवामुलक कार्यहरु गरिरहेकाे महासचिव विनाेद महतले बताए । “जहाँ दुख्छ त्यहा पहिलाे पाईला पुग्छ” भन्ने उदेश्यसहित शिक्षा, स्वास्थ्य, सरसफाई, मानसुरक्षा, नेतृत्व तथा ब्यक्तित्व विकासका क्षेत्रमा पहिलाे पाईला नेपाल क्रियाशिल रहँदै आएको छ ।

बिद्यालयककाे कमजाेर भाैतिक अबस्था, भाैगाेलिक बनावट तथा अध्ययनरत बिद्यार्थीका अबस्था  बुझेर न्यानो कपडा हस्तान्तरण गरेकोमा उक्त संस्थालाइ  बिद्यालयका प्राधानाध्यापक सुनिता जिसीले धन्यवाद दिइन् ।

न्यानो कपडा हस्तान्तरण कार्यक्रममा पहिलाे पाईला नेपाल बुटवल शाखाका अध्यक्ष विनाेद बस्याल, केन्द्रीय महासचिव विनाेद महत,  गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, जनप्रतिनिधि, पहिलाे पाईला नेपाल बुटवल शाखाका उपाध्यक्ष सन्ताेष बन्जाडे समाजसेवी, बिद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीको उपस्तिथि रहेको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.