खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा गुल्मीमा




गुल्मी – जनतालाई खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने हेतुका साथ गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा सुभारम्भ गरिएको छ । बुधबार रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लाको सदमुकाम तम्घासमा उद्धघाटन गरेर उक्त कम्पनीको शाखा सुभारम्भ गरेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लामा आफ्नो शाखा विस्तारले नागरिकले सहज र सुपथ मूल्यमा खाद्य साम्रगी खरिदमा सहज भएको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । पछिल्लो समय रेसुंगा नगरपालिकाले नागरिकलाई थुप्रै आयम दिएको र यो पनि गुल्मेलीका लागि एक उपलब्धि रहेकाले नगरप्रमुख पन्थीले बताए । सुुपथ पसल संचालनमा नगरपालिका सधै सहयोगी बनेर अगाडी बढ्ने उनले प्रतिवद्ध गरे ।


Advertisement

जिल्लाका सबै स्थानीय तहमा बिक्री केन्द्रको आवश्कता रहेकाले यसको विस्तार गर्नुपर्नेमा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जोड दिए । संघियताको मर्म अनुसार प्रत्येक स्थानीय तहमा बिक्री केन्द्र संचालन गरी नागरिकको आवश्कता अनुरुप सहज र सुलभ मुल्यमा सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष खड्काले बताए ।

मुल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पुर्याउने कम्पनीको उदेश्य छ । नजिकको बिक्री केन्द्रबाट एक जनाले एक क्विन्टलसम्म खाद्यान्य खरिद गर्न पाउँने व्यावस्था रहेको छ । गुल्मीमा सुपथ पसल संचालनमा आएपछि नागरिकमा थप उत्साह थपिएको छ । सरकारले खाद्यान्य निःशुल्क ढुवानी गर्ने भएकाले उपभोक्ताले उपभोग्य बस्तुमा ५ देखि ७ प्रतिशतसम्म सहुलियत पाउँनेछन् ।

स्थानीय तहमा बिक्री केन्द्र संचालनमा
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सदरमुकाम तम्घासको हाटबजारमा बिक्री केन्द्र संचालनमा ल्याएको छ । त्यस्तै जिल्लाको मालिका गाउँपालिका ४ को अर्खाबाङ , रुरुक्षेत्र गाउँपालिका ४ को बलेटक्सार र मदाने गाउँपालिका २ को बाँझकटेरीमा खाद्य बिक्री केन्द्र स्थापना भएर सञ्चालनमा आएका छन् ।

अहिले बिक्री केन्द्रबाट चामल मात्रै बिक्री भइरहेको छ । बिक्री केन्द्रबाट निकट समयमा चामल सहित दाल, नुन, तेल, चिनीलगायतका सवै खाद्य सामग्री सुपथ मुल्यमा बिक्री गरिने खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखा प्रमुख पुष्पा पाण्डेयले जानकारी दिईन् । खाद्य सुरक्षाको सुनिश्चतामा योगदान दिने, खाद्यान्यको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्य अभाव हुने नदिने उदेश्य सहित शाखा र विक्रि केन्द्र संचालनमा ल्याईएको गुल्मी शाखा प्रमुख पाण्डेयले बताईन् ।प्रत्येक बिक्री एक स्थायी र एक जना दैनिक ज्यालादारी कर्मचारी परिचालन भएका छन् । मुल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पुर्याउने कम्पनीको उदेश्य रहेकाले गाउँको रैथाने बाली खरिद गरेर बिक्रि तथा प्रर्वद्धन गर्ने कार्यालयको योजना रहेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन