प्रेस चौतारी गुल्मीद्वारा चिल्ड्रेन पार्कको सरसफाई



Advertisement
विज्ञापन

गुल्मी – प्रेस चौतारी नेपाल गुल्मीले २६ औँ स्थापना दिवस चिल्ड्रेन पार्कको सरसफाई तथा शुभकामना आदानप्रदान गरी मनाएको छ । सोमबार रेसुङ्गा नगरपालिका ९ मा अबस्थित चिल्ड्रेन पार्कमा सरसफाई गरी दिवस मनाएको हो ।

२६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले शुभकामना दिदैँ सामाजिक विकासमा पत्रकारको भूमिका अतुल्यनीय रहेको बताए ।पछिल्लो समय नेपालको पत्रकारिता र मिडिया हाउसमा देखिएका समस्याबारे चर्चा गर्दै पुर्वअध्यक्ष अर्यालले गणतन्त्र, र संघीयता स्थापनामा समेत महत्वपूर्ण रहेको बताएका छन् ।


Advertisement
Advertisement
Advertisement

लोकतन्त्रको बलियो आधार भनेको पत्रकार जगत भएको र समाज परिवर्तनमा पत्रकारले खेलेको भूमिकाको प्रशंसा गर्दै नेकपा एमाले गुल्मीका सचिब गणेश श्रीपालीले स्थापना दिवसको अवसरमा धन्यवाद व्यक्त गरेका थिए ।

पछिल्लो समय सरकारको ठुलो लगानीमा पार्कहरु निर्माण भईरहेको र त्यसको व्यवस्थापनमा सरकारले कम चासो दिएकाले पार्कको संरक्षणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी गुल्मीका अध्यक्ष अनिल खत्रीले बताए ।

स्थापना दिवसको अवसरमा मात्र नभई अन्य समयमा पनि प्रेस चौतारी गुल्मीले विभिन्न कार्यक्रम गर्दै आएको छ । सरसफाई तथा शुभकामना आदानप्रदान कार्यक्रमले संगठन बलियो र समाजमा रचानात्मक काम गरेर सकारात्मक सन्देश प्रवाह गरेको भन्दै सहभागीले चौतारी गुल्मीको प्रंशसा गरेका थिए । २०५५ माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपालले पत्रकारको हक हितमा काम गर्दै आएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन

गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन