गुल्मीका केही सडकहरुमा चल्ने गाडीको भाडा घट्यो



गुल्मी – गुल्मी जिल्लाका केही सडकहरुमा चल्ने सवारी साधनको भाडा घटाइएको छ । जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हो । बैठकमा यातायात व्यवसायीहरुको पनि प्रतिनिधित्व थियो ।

सडकहरुको अवस्था सुधार भएपनि भाडा महङ्गो लिने गरेको गुनासो आएपछि यातायात व्यवसायीहरुको समेत सहमतीमा भाडा समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।


Advertisement

समायोजन गरिएको भाडा दर अनुसार बसहरुले रिडी–खैरेनीको भाडा १२० र रिडी–मजुवाको भाडा ३ सय रुपैयाँ लिन पाउने छन् । यही रुटमा चल्ने जिपहरुले भने बसको भन्दा १० रुपैयाँ बढी भाडा लिन पाउने छन् ।

तम्घास–धुर्कोट (बर्बोट) साविकको भाडादरमा २० रुपैयाँ घटाउने प्रशासनले निर्णय गरेको छ । तोकिएको भाडा दरअनुसार सवारी साधानहरु सञ्चालन गर्न प्रशासनले यातायात व्यवसायीलाई आग्रह गरेको छ ।

पछिल्लो समय गुल्मी जिल्लाका ग्रामीण भेगका सडकहरु स्तरोन्नतीसँगै सडक ग्राभेल र कालोपत्रे हुन थालेका छन्, जसले गर्दा सवारी साधानहरुले भाडा दर घटाएर लिनुपर्ने माग नागरिकको छ ।

जिल्लाका अन्य सडकको अवस्थाको आधारमा भाडादर हेरफेर गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सडकहरुको अवस्था र यातायात व्यवसायी लगायत सरोकारवालाहरुसँगको छलफलपछि अन्य सडकहरुको पनि भाडा दर समायोजन गरिने प्रशासनले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन