वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई ५० प्रतिशत छुट
गुल्मी – रुपन्देही जिल्लाको बुटवल गोलपार्कमा अवस्थित अक्सफोर्ड कम्प्युटरले एकेडेमी वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने भएको छ । २०६१ साल फाल्गुण ७ गतेदेखि बुटवल बहुमुखी क्याम्पसको अगाडीबाट सेवा शुभारम्भ गरेको अक्सफोर्डले २० औं बर्षमा प्रवेश गरेको छ ।
अक्सफोर्ड कम्प्युटर एकेडेमी, बुटवलले आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई कम्प्युटरका विभिन्न कोर्षहरुमा ५० प्रतिशत छुट सहित भर्ना खुल्ला गरेको छ । संस्थाका प्रबन्ध निर्देशक रेश्मीराज घिमिरेले बार्षिक उत्सव समारोहमा छुटको घोषणा गरेको हुन ।
कम्प्युटरका विभिन्न कोर्षको अध्ययन तथा सीप सिकाउदै आएको अक्सफोर्डले फाल्गुन ७ गतेदेखि विद्यार्थीलाई छुटका कार्यक्रम ल्याएको प्रबन्ध निर्देशक रेश्मीराज घिमिरेले जानकारी दिए ।
नेपाल सरकारबाट मान्यता प्राप्त सूचना प्रविधि तथा कम्प्युटर तालिमको क्षेत्रमा लुम्बिनी प्रदेशमै अग्रस्थानमा चिनिन्छ ।बुटवलको प्रतिष्ठित आइटी संस्थाले कम्प्युटर सम्बन्धी विभिन्न कोर्षहरु सञ्चालन गरी विद्यार्थीलाई रोजगारीको अवसर सिर्जना गर्दै आएको छ ।

अक्सफोर्ड कम्प्युटरले प्रविधिको क्षेत्रमा काम गर्न चाहने विद्यार्थीलाई जीवन शैलीलाई नयाँ बाटोमा हिड्न प्रेरणा बनेको छ । विद्यार्थीलाई बिशेष कक्षा सन्चालन गरी अत्याधुनिक तरिकाबाट कम्प्युटर प्रशिक्षण दिई यस क्षेत्रको विकासलाई अग्रता दिइएको छ ।
संस्थाले फाल्गुण ७ गते देखि फागुन ३० गतेसम्म भर्ना हुने दुई सय विद्यार्थीलाई ५० प्रतिशत छुट उपलब्ध गराउने प्रबन्ध निर्देशक घिमिरेले बताए । अक्सफोर्ड कम्प्युटर एकेडेमी हजुरहरुको सेवाका लागि सदैव तत्पर बताउँदै घिमिरेले कम्प्युटरमा दक्षता हासिल गरेर रोजगारीमा लाग्ने विद्यार्थीको लागि सुबर्ण अवसर भएको बताए ।
