यु.के पठाईदिने भन्दै ७६ लाख ठगी गर्ने पक्राउ



भैरहवा- वैदेशिक रोजगारी को लागि यु.के पठाईदिने भन्दै ७६ लाख ठगी गर्ने एक जना लाई प्रहरी ले काठमाडौं , बागबजार वाट पक्राउ गरेको छ।

पक्राउ पर्ने मा बाग्लुङ जिल्ला बडिगाड गाउँ पालिका वडा नं. ९ घर भई हाल काठमाण्डौं माहानगरपालिका वडा नं. २८ बागबजार बस्ने ३६ वर्षिय पाण्डप भन्ने युद्ध बहादुर के.सी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।


Advertisement

निज पाण्डप ले सारदा सुवेदी लगायत तीन जनालाई वैदेशिक रोजगारीको लागि यु.के पठाई केयर गिभर मा काम लगाईदिने र मासिक १० लाख ५० हजार तलव हुने भन्दै विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी ७६ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको जानाईएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले निज पाण्डप ले ठगी गरेकोले प्रहरी टोली खटाई खोजतलास गर्ने क्रममा वुधवार बागबजार वाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको जनाएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.