गुल्मीका चारवटा स्थानीय तहमा सार्वजनिक बिदा



गुल्मी – मगर दिवसको अवसरमा गुल्मीका चार वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाको गुल्मीदरबार,सत्यवती,चन्द्रकोट र  कालीगण्डकी गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गरेर फागुन १५ गते सार्वजनिक बिदा दिएका हुन् ।


Advertisement

आइतबार गुल्मीदरबार गाउँपालिकाले एक सूचना जारी गर्दै ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते  कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै अन्य तीन स्थानीय तहले पनि सूचना जारी गरेर राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा घोषणा गरेका छन् । जिल्लाका १२ स्थानीय तहमध्ये सार्वजनिक बिदा दिएका पालिकामा मगर समुदायको बहुल्यता रहेको पाइन्छ ।

नेपाल मगर संघ गुल्मीले मगर समुदायद्वारा परम्परा झल्किने कार्यक्रम गरी राष्ट्रिय मगर एकता दिवस मनाउदै आएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन