गुल्मीमा एसईई परिक्षा दिने विद्यार्थीे घटे



फाइल तस्बिर

गुल्मी – गुल्मीमा माध्यमिक शिक्षा (एसईई) परिक्षा दिने विद्यार्थीको संख्या प्रत्येक बर्ष घट्दै जान थालेको छ । गतबर्ष गुल्मीबाट चार हजार सात सय २२ बिद्यार्थी एसईई परिक्षामा सहभागी थिए । जसमध्ये यसबर्ष चार हजार ९७ बिद्यार्थी परिक्षामा सहभागी हुदैँ छन् ।

यस आर्थिक बर्षमा छ सय २५ जना बिद्यार्थी संख्या घटेको  शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए  । “पछिल्लो तीन बर्षयता जिल्लामा एसईई परिक्षा दिने बिद्यार्थीको संख्या घट्दै गईरहेको छ । ‘उनले भने’,‘विद्यार्थी संख्या घट्नुको कारण बढ्दो बसाइँसराइ र घट्दो जनसंख्या वृद्धिदर रहेको पाईएको छ ।”


Advertisement

आगामी चैत १५ गतेदेखि सुरु हुने परिक्षामा जिल्लाबाट नियमित साधारण तर्फ ३ हजार ७ सय ९० जना र नियमित प्राविधिक तर्फ २ सय ९५ जना विद्यार्थी सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने कार्यालयलले जनाएको छ । एसईई परिक्षाको लागि गुल्मीमा २८ वटा केन्द्र तोकिएको छ । सबै परिक्षा केन्द्रमा प्रश्नपत्र र उत्तर पुस्तिका पुगेसकेका छन् । यस बर्ष जिल्लाको रुरुक्षेत्रमा रहेको एउटा परिक्षा गाभिएको छ भने रेसुङ्गा नगरपालिकमा रहेको एउटा परिक्षा केन्द्र हटाइएको छ ।

मंगलबार पत्रकार सम्मेलन मार्फत माध्यमिक शिक्षा (एसईई)परिक्षाका लागि सबै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ । परिक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबै केन्द्र प्रश्नपत्र उत्तर पुस्तिका पुगेसकेको छ । यसवर्ष एक जना दृष्टिविहिन र एक जना फरक क्षमता भएका विद्यार्थी सहभागी हुदैँ छन् । विद्यार्थी संख्यामा कमी आएपछि केहि विद्यालयमा रहेका परिक्षा केन्द्रहरु पनि गाभिएका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन