गुल्मीमा हुने थुमपार्क लागिगुराँस महोत्सवको तयारी तीव्र



गुल्मी – गुल्मीमा थुमपार्क लालीगुराँस महोत्सव हुने भएको छ । आगामी चैत्र १५ गतेदेखि जिल्लाको मुसिकोट नगरपालिका – ३  मा थुमपार्क लालीगुराँस महोत्सव हुने भएको हो ।लाली गुराँस फुलेर ढनमक्क भएको यो अवसरमा आन्तरिक पर्यटक प्रर्वधन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक वसन्त अधिकारीले जानकारी दिए ।

साथै महोत्सवमा खुला भलिवल प्रतियोगिता, खुला रेकर्ड डान्स प्रतियोगिता, नौमती बाजा, सरायनाच, साथै बृहत सास्कृतिक कार्यक्रम साथै खानाका विभिन्न परिकार र नाईट स्टे गर्ने लगायतका कार्यक्रम हुने संयोजक अधिकारीले बताए ।


Advertisement

भलिवल खेलमा प्रथम पुरस्कार रु ३५ हजार मेडल, ट्रफी र प्रमाणपत्र, द्दितिय पुरस्कार रु २५ हजारमेडल, ट्रफी र प्रमाणपत्र राखिएको छ । साथै सेमीफाईनलमा पुग्ने टिमलाई आकर्षक पुरस्कारको ब्याबस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा रेकर्ड डान्स प्रतियोगिता, सरायनाच, भैलो तथा नौमती बाजा प्रर्दशन तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।

थुमा लालीगुराँस पार्कको पर्यटन प्रर्वद्धन संगैआन्तरिक तथा बाह्य पर्यटन भित्राउन प्रचारप्रसार गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थुम मन्दिर ब्यबस्थापन समितिका उपाध्यक्ष ओम बहादुर केसीले बताए । थुमा पार्क र यसक्षेत्र धार्मिक हिसाबले पनि ऎतिहासिक महत्त्वपूर्ण मानिन्छ ।आयोजकले महोत्सवको मिति नजिकिएसंगै प्रचारप्रसार र व्यावस्थापनको तयारीलाई तीव्र पारेको छ ।

देश तथा विदेशबाट संकलन भएको सहयोग मार्फत महोत्सव गर्न लागिएको हो । महोत्सव आगामी चैत्र १५, १६ र १७ गते हुने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रममा चर्चित लोक दोहोरी गायक पशुपति शर्मा,सम्झना भण्डारीको विशेष प्रस्तुति रहने छ । साथै कार्यक्रममा हास्य कलाकार पुरुषोतम भण्डारी (पुर्खे बा) लगायतका कालाकारको पस्तुति रहने आयोजकले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.