डम्पिङ साइटबाट निस्केको प्रदूषित धुवाँले नागरिकलाई सास्ती



गुल्मी सदरमुकाम तम्घास बजारको फोहोर फाल्ने (डम्पिङ साइट) बाट निस्केको धुँवा तस्बिर : अनिल खत्री

गुल्मी – गुल्मी सदरमुकाम तम्घास बजारको फोहोर फाल्ने (डम्पिङ साइट) ठाउँबाट निस्केको धुँवाले तम्घास वासीलाई समस्या पुर्याउदै आएको छ । तम्घासको फोहोरलाई अहिले रेसुङ्गा नगरपालिकाको वडानम्बर–२ र वडानम्बर–७ को साँधीममा ओखरेनीमा फालिदै आएको छ ।व्यवस्थीत रुपमा फोहोर बिर्सजन गर्ने ठाउ नहुँदा त्यस वरपरमा वस्तीका नागरिकले वषौंदेखि प्रदूषित धुवाँ खान बाध्य छन् । फाहोर फाल्ने ठाउँबाट निस्केको धुँवाले तम्घासको उदिनढुंगा बागमारे, धागिथुम र वेदुखर्क भूजेल खर्क क्षेत्रका नागरिकहरु वषौंदेखि सास्ती खेप्दै आएका छन् ।

यसक्षेत्रका नागरिकले फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) हटाउन वषौंदेखि आवाज उठाएका छन् । तर सुनुवाई भने भएको छैन् । फोहोर बिर्सजन ठाउँ हटाउन प्रशासन र नगरपालिका पटक–पटक पुगेपनि कुनैपनि सुनुवाई नभएको दुखेसो रेसुङ्गा नगरपालिका वडानम्बर–७ का स्थानीय धनिश्वर पाण्डेले गरे । फोहोर बिर्सजन गर्ने स्थानबाट दैनिक जसो धुवाँको मुस्लो घरमै निस्केर आउने गर्नाले बृद्धहरुलाई झनै सस्या हुने गरेको स्थानीय वासी बताउँछन् ।


Advertisement

वस्ती नजिकै फोहोर विर्सजन स्थल हुँदा त्यहाँका नागरिकले यशको सहि ठाउँमा व्यवस्थापन गर्नुपर्ने माग रहेको स्थानीय उजिर घर्तिले बताए। फोहोर फाल्ने ठाउँ नजिकै खानेपानीको मुहान पनि रहेको छ ।त्यहाँबाट निस्केका झिँगा लगायतका फोहोर जन्य वस्तु हावाको माध्यमबाट सजिकै पानीमा पुग्ने देखिन्छ । अर्को ओखरेनी खोलामा फोहोर फाल्दा पानीको कारणले तलतलका वस्तीहरुमा पुग्ने पानीमा पनि बजेर जाने समस्या रहेको छ ।

तर यशको हालसम्म पनि व्यवस्थापन हुन सकेको छैन् । अहिले फालिदै आएको फोहोरमा कुइने नकुइने सबै एकै ठाउँमा फाल्ने गरिएको छ । नसडने वस्तु पनि एकै ठाउँमा जसले गर्दा अर्को जोखिम पनि उत्तिकै रहेको छ । तम्घास बजारको फोहोरलाई ०६१ सालबाट ओखरेनीमा फालिदै आएको हो ।

बजारलाई सुन्दर सफा बनाउने उदेश्यले नगर विकास वातावरण संस्था मार्फत बजारको फोहोर उठाएर फाल्ने गरिएको छ । फोहोर व्यवस्थापन गर्दै आएको समितिले व्यवस्थित रुपमा फाल्ने ठाउँ अभावका कारणले फोहोरबाट मोहोर उत्पादन लक्ष्य अधुरै रहेको नगर विकास वातावरण संस्थाका अध्यक्ष रामप्रसाद पन्थीले बताए ।

व्यवस्थित ठाउँ भएर सबै फोहोरलाई पैसामा बदल्ने गरि सञ्चालन गर्ने योजना रहेपनि मुख्य ठाउँको समस्या रहेको पन्थीले बताए । जग्गा अभावले फोहोरमा भएको पैसा डढेर गएको अध्यक्ष पन्थीको भनाइ छ ।हाल तम्घास बजारबाट दैनिक ८ देखि १० ट्याक्टर फोहोर फालिदै आएको छ । नगरपालिकाले वडानम्बर–९ बाट फोहोर संकलन केन्द्र राख्ने प्रक्रिया थालिएको थियो ।

तर त्यहाँ पनि स्थानीयको बिरोध आएपछि कुनैपनि निर्णय हुनसकेको छैन् । उक्त ठाउँमा फोहोर संकलन केन्द्रको लागि केहि काम समेत भएको थियो ।नगरपालिकाले लामोसमयदेखि फोहोर फाल्ने ठाउँको खोजी गरेपनि उचित ठाउँ नभएकै कारणले वस्ती र खानेपानीको मुहान नजिकै फोहोर फाल्न बाध्यता छ ।

अहिले नगरपालिकाले फोहोर फाल्नका लागि जग्गा खरिद प्रक्रिया अगाडी बढाएपनि संरचना निर्माण कार्य भएको छैन् ।नगरपालिकाले हालफालिदै आएको ठाउँलाई हटाएर अनेत्र सार्ने प्रक्रिया सुरु गरेको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए। तम्घास बजारलाई अहिले सुन्दर शहर बनाउने उदेश्यले नगरपालिकाले त्यसतर्फ ध्यान दिँदै आएको पन्थीले बताए।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.