एसईई परिक्षामा गुल्मीका ४,०९७ परिक्षार्थी सहभागी
गुल्मी –आजदेखि देशभर माध्यमिक शिक्षा परिक्षा (एसईई) संचालन हुदैँ छ । यसबर्ष गुल्मी जिल्लाबाट चार हजार ९७ बिद्यार्थी एसईई परिक्षामा सहभागी हुदैँ छन् ।यस आर्थिक बर्षमा छ सय २५ जना बिद्यार्थी संख्या घटेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए। “पछिल्लो तीन बर्षयता जिल्लामा एसईई परिक्षा दिने बिद्यार्थीको संख्या घट्दै गईरहेको छ । ‘उनले भने’,‘विद्यार्थी संख्या घट्नुको कारण बढ्दो बसाइँसराइ र घट्दो जनसंख्या वृद्धिदर रहेको पाईएको छ ।”
आगामी चैत १५ गतेदेखि सुरु हुने परिक्षामा जिल्लाबाट नियमित साधारण तर्फ ३ हजार ७ सय ९० जना र नियमित प्राविधिक तर्फ २ सय ९५ जना विद्यार्थी सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने कार्यालयलले जनाएको छ । एसईई परिक्षाको लागि गुल्मीमा २८ वटा केन्द्र तोकिएको छ । सबै परिक्षा केन्द्रमा प्रश्नपत्र र उत्तर पुस्तिका पुगेसकेका छन् । यस बर्ष जिल्लाको रुरुक्षेत्रमा रहेको एउटा परिक्षा गाभिएको छ भने रेसुङ्गा नगरपालिकमा रहेको एउटा परिक्षा केन्द्र हटाइएको छ ।
मंगलबार पत्रकार सम्मेलन मार्फत माध्यमिक शिक्षा ९एसईई०परिक्षाका लागि सबै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ । परिक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबै केन्द्र प्रश्नपत्र उत्तर पुस्तिका पुगेसकेको छ । यसवर्ष एक जना दृष्टिविहिन र एक जना फरक क्षमता भएका विद्यार्थी सहभागी हुदैँ छन् । विद्यार्थी संख्यामा कमी आएपछि केहि विद्यालयमा रहेका परिक्षा केन्द्रहरु पनि गाभिएका छन् ।