गुल्मीमा आधारभूत शिक्षा दिने शिक्षकलाई सम्मान



आधारभूत शिक्षा प्रदान गर्ने हिमालय आधारभूत विद्यालयका पूर्व शिक्षक रामप्रसाद भण्डारीलाई सम्मान गर्दै शिष्य नरेशकुमार भण्डारी तस्बिर : गुल्मी खबर

 गुल्मी –  गुल्मीमा आधारभूत शिक्षा दिने शिक्षकलाई सम्मान गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५  स्थित हिमालय आधारभूत विद्यालयका पूर्व शिक्षक रामप्रसाद भण्डारीलाई शिष्य नरेशकुमार भण्डारीले सम्मान गरेका छन् । विद्यालयको ६५ औं वार्षिकउत्सवमा आयोजित एक समारोहमा धुर्कोट परमानन्द बहुमुखी क्याम्पसका उप–प्राध्यापक भण्डारीले हालसम्मको प्रगतीमा गुरुहरुको अतुलनीय  योगदान रहेको भन्दै सम्मान गरेका हुन् ।

विद्यालयको बार्षिकउत्सवको अवसरमा भण्डारीले गुरुलाई दोसल्ला, माला र करुवाले सम्मान गरेको विद्यालयका  प्रधानाध्यापक राजेन्द्र खत्रीले जानकारी दिए । भण्डारीले गत वार्षिक उत्सवमा पनि अक्षर चिनाउने गुरु डिलाराम भण्डारीलाई यस्तै सम्मान गरेका थिए ।


Advertisement

यस्ता कार्यक्रमले गुरु र चेला विचमा प्रगाढ सम्वन्ध मात्र नभइ समाजमा सकारात्मक सन्देश दिएको सम्मानित शिक्षकले बताए ।  त्यस्तै कार्यक्रममा बोल्दै यस्तो सम्मानले आफुहरुको नैतिक शिक्षा सार्थक भएको धारणा राखेका थिए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.