गुल्मीमा ६२ वार्षिय वृद्धले दिए एसईई परिक्षा    



गुल्मी – गुल्मीमा एकजना वृद्धले ६२ बर्षको उमेरमा माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ फुर्कोट दहका टीकाबहादुर कुँवरले गाउँकै एक परिक्षा केन्द्रबाट एसईईको परिक्षा दिएका हुन् ।

कुँवरले गाउँपालिकामै अबस्थित म्यालपोखरी माध्यमिक विद्यालयको केन्द्रबाट परिक्षा दिएको केन्द्राध्यक्ष प्रेमबहादुर बोहोराले जानकारी दिए । कुँवर पृथ्वी माध्यमिक विद्यालयबाट नियमित तर्फका विद्यार्थी हुन् ।


Advertisement

पढ्ने चाहाना हुँदाहुँदै विशेष परिस्थितिले पढाई रोकिएको परिक्षार्थी कुँवरले बताए । ´मेरो सानैदेखि पढ्ने चाहाना थियो तर केही कारणले सानैमा छोड्नु पर्यो, ´उनले भने`,´ मैले त्यही सानै उमेरमा देखेको सपना पूरा गर्न नाति सङ्गै परीक्षा दिन आएको हुँ ।`
उनले आफ्नै नाति सङ्ग माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा दिएका हुन् । उनका नाति अंकित कुँवर गाउँकै पृथ्वी माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत नियमित विद्यार्थी हुन् । हजुरबुबा नाति सङ्गै गएर एसईईको परिक्षा दिएपछी समाजलाई चुनौती दिएका छन् । म्यालपोखरी माध्यमिक विद्यालयको केन्द्रबाट १७४ जना एसईई परिक्षामा सहभागि भएका छन् ।

उनले आफुमा इच्छा शक्ति भए जस्तोसुकै परिस्थितिमा जस्तोसुकै कठिनाइ पनि वहन गर्न सकिन्छ भन्ने अठोट सहितको समाजमा सकारात्मक सन्देश दिएका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन