हिमालयन लाइफ इन्स्योरेन्सद्धारा एजेन्सी म्यानेजरलाई सम्मान



हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड तम्घास उप–शाखा, गुल्मीद्धारा आयोजित एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजकी तालिम समापन पछि लिएको सामूहिक तस्बिर:हुमाकान्त पोखरेल

गुल्मी – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड तम्घास उप–शाखा, गुल्मीको एजेन्सी म्यानेजर सम्मान तथा पुनर्ताजकी तालिम सम्पन्न भएको छ । सोमबार सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरी इन्स्योरेन्सले गुल्मी उप–शाखाबाट इमर्जीङ स्टारको रुपमा सीता खत्रीलाई सम्मान गरेको छ । खत्रीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इन्स्योरेन्सका केन्द्रीय मार्केटिङ प्रमुख माधव शर्मा, विशिष्ट अतिथि लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सुर्यवंशी, तम्घास उप शाखा प्रमुख अन्जु पुनले सम्मान पत्र, टिका र खादाले सम्मान गरे ।

त्यसैगरी चालु आर्थिक बर्षको साउनदेखि फागुन महिनासम्म सबैभन्दा धेरै पोलिसी जारी गर्ने एजेन्सी म्यानेजर, समुहमा सबैभन्दा धेरै बिजनेश गर्ने एजेन्सी म्यानेजर, मुक्तिनाथ भ्रमणको स्किमि र थाइल्याण्ड भ्रमणको स्किम पुरा गर्ने एजेन्सी म्यानेजरहरुलाई पनि टिका र खादाले सम्मान गरिएको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कम्पनीको मार्केटिङ प्रमुख माधव शर्मा र लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सुर्यवशींले हिमालयन लाइफ इन्स्योरेन्सका विभिन्न पोलिसीहरुको बारेमा जानकारी गराउँदै अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई प्रत्येक नागरिकलाई बीमाको पहुँचमा ल्याउन आग्रह गरेका थिए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिलाई तम्घास उप–शाखाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम हिमालयन लाइफ इन्स्योरेन्स तम्घास उप शाखाकी प्रमुख अन्जु पुनको अध्यक्षता, मार्केटिङ प्रमुख बसन्ता पन्थीको स्वागत मन्तव्य तथा हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.