गुल्मीमा मिटरब्याज पीडित सम्बन्धी हेल्प डेस्क स्थापना



गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीमा अनुचित लेनदेन (मिटरब्याज) पीडितसम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ । गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजसम्बन्ध गुनासो सुन्ने हेल्प डेस्क स्थापना गर्न निर्देशन दिएसँगै गुल्मीमा पनि डेस्क स्थापना गरिएको हो ।

मिटरब्याजसम्बन्धि उजुरी, निवेदन र पीडितहरुका गुनासो तत्काल सुनुवाइ गर्ने उदेश्यले प्रशासन कार्यालयमा हेल्प डेस्कको स्थापना गरिएको हो । मिटरब्याजसम्बन्धी गुनासो सुनुवाइ तथा सहजीकरणका लागि प्रशासकीय अधिकृत नारायण घर्तीलाई फोकल अधिकृत तोकिएको छ ।


Advertisement

गुल्मी जिल्ला ठेगाना भएका केही व्यक्तिहरु मिटरब्याजीको रुपमा काठमाडौमा दर्ता भएको र उनीहरुलाई त्यहीबाट कारबाही भएको सहयक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले जानकारी दिए । खासगरी तराई क्षेत्रमा मिटरब्याजीको समस्या धेरै देखिएको छ ।

तर गुल्मीमा अहिलेसम्म औपचारिक रुपमा मिटरब्याजीसम्बन्धि गुनासो आएको छैन । सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जिल्लाका सबै पालिकालाई पनि हेल्प डेक्स स्थापनासम्बन्धि जानकारी गराइएको र कतैबाट गुनासो आएमा त्यसको कानुनबमोजिमको कारबाही प्रक्रिया अगाडी बढाउने बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
विज्ञापन