गुल्मीमा नि:शुल्क स्वास्थ्य शिविरबाट ६६० लाभान्वित

" शिविरबाट ४ सय ५८ महिला  र २ सय ०२ पुरुष गरि कुल ६ सय ६० सर्वसाधारण लाभान्वित भएका छन् । "

गुल्मी – गुल्मीमा धुर्कोट गाउँपालिकाको आयोजना र चिकित्सा परिवारको प्राविधिक सहयोगमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरिएको छ । शनिवार धुर्कोट गाउँपालिका -६ धुर्कोटरजस्थल स्थित धुर्कोट आधारभूत अस्पतालमा एकदिने नि:शुल्क  स्वास्थ्य शिविर गरिएको हो ।

शिविरमा १८९ जनाले जनरल मेडिसिन, १८० जनाले हाडजोर्नी तथा नशारोग, ९२ जनाले स्त्री रोग, ७३ जनाले बालरोगको सेवा लिएका छन् । त्यस्तै ४७ जनाले दाँत र ७९ जनाले मनोरोगको सेवा लिएको धुर्कोट गाउँपालिकाले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

शिविरबाट ४ सय ५८ महिला  र २ सय ०२ पुरुष गरि कुल ६ सय ६० सर्वसाधारण लाभान्वित भएका छन् । शिविरमा धुर्कोटबासी सङ्गै मालिका , मदाने र इस्मा गाउँपालिकाका केही नागरिकले समेत नि:शुल्क स्वास्थ्य परिक्षण गराएका थिए ।

गाउँपालिका भित्रका असाहय तथा आर्थिक अभावका कारण  स्वास्थ्य चेक जाँचबाट बन्चित नागरिकलाई सेवा प्रदान गर्ने हेतुले निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटबलका कन्सलटेन्ट फिजिसियन डाक्टर शम्भु खनाल, बरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर बिपिन खनाल, टाउको, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असिम रेग्मी, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर रमेश अर्यालले सेवा प्रदान गरेका थिए ।

त्यस्तै शिविरमा भीम अस्पताल, भैरहवामा कार्यरत डाक्टर सुदिप भण्डारी, डेन्टल सर्जन डाक्टर सुशिल पोखरेल, मेडिकल अफिसर डाक्टर श्रीराम पन्थीले निःशुल्क रुपमा विशेषज्ञ सेवा प्रदान गरेको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत भरतजंग क्षेत्रीले जानकारी दिए ।गाउँमै संचालन भएको शिविरले स्वास्थ्य सेवाको लागी पाल्पा, बुटवल, काठमाडौं लगायतका अस्पतालमा पुग्नुपर्ने   बाध्यता टरेको छ । पालिकाभित्रकै आधारभूत अस्पतालमा बिशेषज्ञ डाक्टरहरुसँग चेकजाँच गराउन पाउँदा  बिरामीहरुले खुसी व्यक्त गरे । शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.