होटल पौवाद्वारा बिरामीलाई फलफुल र रेसुङ्गामा सरसफाइ   



गुल्मी – होटल पौवा रेसुङ्गा शाखाले ८ औं स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ । आइतबार स्थापना दिवसको अवसरमा गुल्मी अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको हो ।

देशभर १२ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको छन् । होटल पौवा रेसुङ्गा शाखाले गुल्मी अस्पतालमा उपचारमा आएका सबै विरामीलाई फलफूल वितरण, रेसुङ्गा महापोखरी, मन्दिर र होटल पौवा परिसर सरसफाइ क्षेत्रको सरसफाइ गरिएको रेसुङ्गा शाखाका व्यवस्थापक प्रदीप घिमिरेले जानकारी दिए ।


Advertisement

स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष होटल पौवाले सामाजिक कार्य गर्दै आएको बताउँदै व्यावस्थापक घिमिरेले समुदायमा सकारात्मक सन्देश दिएको रेसुङ्गा शाखाका व्यवस्थापक घिमिरेले बताए ।

होटलले फलफूल वितरण गरेपछि गुल्मी अस्पतालमा उपचाररत विरामीहरु हर्षित भएका थिए ।स्थापना दिवसको अवसरमा सामाजिक काम गरेकोमा पौवाको प्रगतिको कामना गर्दै गुल्मी अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन भुसालले बिरामीलाई स्वास्थ्य लाभको कामनासँगै फलफूल वितरण गरेकोमा होटल पौवालाई धन्यवाद दिए ।

होटल पौवाले स्थापना दिवसको अवसरमा रचनात्मक काम गरेको नेपाल पत्रकार महासंघ गुल्मीका सह–सचिव तिलाचन पाण्डेले बताए । पौवाले बिरामी र समुदायप्रति समर्पित र उत्तरदायित्व बहन गरिएको पाण्डेले बताए ।आगामी दिनमा अझै बृहत् रुपमा सामाजिक कार्यलाई अगाडि बढाउने गरेर अगाडी बढ्ने होटल पौवाले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.