श्राद्ध गर्न कागबेनी पुगेका गुल्मीका एक तीर्थालुको मृत्यु



फाइल तस्बिर

गुल्मी – मुस्ताङको कागबेनीमा श्राद्ध गर्न गएका एक तीर्थालुको लेक लागेर मृत्यु भएको छ । गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको सोमबार बिहान वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीधाममा पुजापाठ गर्ने क्रममा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको धार्मिक स्थल कागबेनीधामको कालिगण्डकी किनारामा दिवंगत पितृको श्राद्ध, पिण्डदान र तर्पण दिनका लागि पूजापाठ र स्नान गरिरहेको बेला अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनी त्यही बेहोस भई ढलेका थिए । त्यसपछि उनलाई प्रहरी र स्थानीयबासीको सहयोगमा कागबेनी स्वाथ्यचौकी पुर्‍याइएको थियो। बेहोस भई ढलेका लम्साललाई कागबेनी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि मुस्ताङ अस्पताल जोमसोम ल्याइएको थियो ।

स्वास्थ्य चेकजाँच गर्ने क्रममा सोमबार बिहान ८ बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए । मुस्ताङ तीर्थयात्राको क्रममा लेक लागेर मृत्यु भएका लम्सालका सहोदर दाई हेमलाल लम्सालको रोहबरमा शवको पोस्टमार्टम गरी प्रहरीले मुचुल्का उठाएर आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

मुस्ताङमा लेक लागेर चालु आर्थिक वर्षको ९ महिनामा ११ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ३ जना नेपाली र ८ जना भारतीय छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.