गुल्मीको सत्यवतीमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

" यो सर्प संसारमा पाइने सर्पहरुमध्ये सबैभन्दा लामो विषालु मानिन्छ । "

गुल्मी – गुल्मीमा दुर्लभ मानिने ´किङ कोब्रा`प्रजातिको सर्प  भेटिएको छ । मंगलबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका -०६ जोहाङमा उक्त प्रजातीको सर्प भेटिएको हो ।

स्थानीय पुष्पा श्रेष्ठको किराना पसलभित्र ´किङ कोब्रा` प्रजातिको सर्प भेटिएको कालीगण्डकी चन्द्रकोट सव डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक नारायण थारुले जानकारी दिए । भेटिएको सर्पको करिब तीन मिटर लम्बाई रहेको छ भने ६  किलो ७ सय १५ ग्राम तौल रहेको छ ।


Advertisement
Advertisement

सर्पको मंगलबार साँझ पाल्पा जिल्लाको तानसेन नगरपालिका- १४ का सर्प उद्वारकर्ता सागर पाण्डेले सकुशल उद्वार गरेका थिए । मंगलबार साँझ परेकाले बुधबार दिउँसो सुरक्षित स्थान हेरेर सर्पलाई छोड्ने तयारी भइरहेको वन रक्षक थारुले जानकारी दिए ।

पसलभित्र रहेको सो सर्पलाई स्थानीय जनप्रतिनिधि, डिभिजन वन कार्यालय गुल्मीका कर्मचारी, प्रहरी तथा स्थानीय नागरिकको उपस्थितिमा उद्धार गरिएको बताइएको छ । गर्मीयामको समयमा आगलागीको घटना बढिरहेकाले सुरक्षित रहनको लागि सर्प घरमा पसेको हुनसक्ने अनुमान गरिएको छ ।यो सर्प संसारमा पाइने सर्पहरुमध्ये सबैभन्दा लामो विषालु मानिन्छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन