गुल्मीमा कैदी बन्दीलाई टिभी उपहार



गुल्मी – नेपाल निजामती कर्मचारी संगठन गुल्मीले संगठनले ३४ औं स्थापना दिवसको अवसरमा कैदी बन्दीहरुलाई टिभि प्रदान गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरेर जिल्ला कारागार गुल्मीमा रहेका कैदी बन्दीलाई स्थापना दिवसको अवसरमा ४२ इन्चको टिभि उपहार स्वरुप प्रदान गरिएको हो ।

लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश बस्यालले संयुक्त रुपमा कैदीबन्दीलाई टिभि हस्तातरण गरेका हुन् । संगठनले आफ्नो स्थापना दिवसको अवसरमा पहिलो दिन कैदी बन्दीलाई टिभी उपहार र दास्रो दिन अर्थात् शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिमलाल खनालले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दा समेत संघीय निजामती सेवा ऐन जारी नहुँदा अन्यौलता सिर्जना भएको ट्रेड यूनियन जिल्ला अध्यक्ष खिमबहादुर अधिकारीले बताए । देशभरका पेसाकर्मीहरु एक हुनुपर्छ भन्ने मान्यता बोकेर स्थापना भएको संगठनले कर्मचारीहरुका समस्याहरुलाई निराकणमा सबैद लागि रहनुपर्ने नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश बस्यालले बताए ।

कुनैपनि कर्मचारीका समस्या र हक हितका आवाज बुलन्द पार्नका लागि संगठन एउटै र बलियो हुुनुपर्नेमा लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले बिशेष जोड दिए । कर्मचारी बिभाजित नभई एकताबद्ध भएर अगाडी बढ्न सकेमा मात्र कर्मचारीमा निम्तने जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने सांसद भुसालले दाबी गरे ।

त्यस्तै कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन गुल्मीले गर्दै आएको रचनात्मक कार्यको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कारागारमा देखिएको जल्दोबल्दो समस्यालाई सम्बोधन गरेकोमा संगठनलाई धन्यवाद दिए । २५ जनाको क्षमता रहेको गुल्मी कारगारमा हाल ११७ जना कैदी बन्दी रहेका छन् । जसमध्ये कैदी ८४ जना, ३० जना थुनुवा, ३ जना नावालक रहेका छन् ।

जिल्ला कारागार गुल्मीमा कैदी बन्दीले मुडा, विभिन्न बुटिक सलहरु र फर्निचरका सामाग्रीहरु उत्पादन हुँदै आएका छन् । उत्पादन भएका सामाग्रीहरु बलिया र गुणस्तरीय हुनेभएकाले पछिल्लो समयमा उत्पादन भएका सामाग्रीको बजारमा माग बढिरहेको जिल्ला कारागार गुल्मीका कार्यालय प्रमुख रेश्मीराज पन्थीले बताए ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.