उपनिर्वाचनले कक्षा १२ को परीक्षालाई असर नगर्ने



इलाम – आगामी १५ वैशाखमा हुने उपनिर्वाचनले कक्षा १२ को परीक्षालाई असर नगर्ने राष्ट्रिय परीक्षा बोर्डलेले जनाएको छ । कक्षा १२ को परीक्षा १४ गतेदेखि सुरू हुने तर उपनिर्वाचनको दिन ९१५ वैशाख० शनिबार पर्ने भएकोले परीक्षामा कुनै किसिमको असर नहुने गरी तयारी गर्ने निर्वाचन आयोगसँग सहमति भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

उनले भने, ‘शनिबार मतदान गर्ने दिन पर्ने भएकोले कुनै खालको समस्या हुँदैन । १४ गते ११ बजे परीक्षा सकेपछि मात्रै बुथ निर्माण कार्य गर्ने निर्वाचन आयोगसँग सहमति भएको छ ।’विद्यार्थीको परीक्षा बिहान ८–११ बजे हुने भएकोले १४ गते बुथ निर्माण लगायतका चुनावी तयारी ११ बजेपछि मात्रै गरिने आयोगसँग सहमति भएको उनको भनाइ छ ।


Advertisement

मतदान केन्द्र रहेका परीक्षा केन्द्रहरुमा विशेष संवेदनशीलता अपनाएर परीक्षालाई व्यवस्थित, मर्यादित, भएरहित र शान्तिपूर्ण बनाई सहज रुपमा विद्यार्थीलाई परीक्षा दिन पाउने वातावरण सिर्जना गर्न आयोगसँग समन्वय भइरहेको उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ, इलामका परीक्षा शाखा प्रमुख अम्बिका प्रसाद खनाल परीक्षाको बीचमा हुने मतदानले असर नै नपर्ने भन्ने नहुने जिकिर गर्छन् । तर कम भन्दा कम असर परोस भन्नका लागि बोर्ड र निर्वाचन आयोगले कडाइका साथ नियम लागू गराउनुपर्ने उनको भनाइ छ ।

‘१४ गते बुथ निर्माणको लागि बिहानैदेखि हल्ला हुने जोखिम छ त्यसको लागि बोर्ड र आयोगले परीक्षा केन्द्र वरपर विद्यार्थीलाई असर गर्ने गतिविधिमा कडाइ गर्नुपर्छ ।’ उनी भन्छन् ‘हाम्रा परीक्षार्थीहरु सबै बालिग छन् । मतदान दिन जाँदा पनि तयारीमा असर गर्छ, नजाँदा पनि मतदानबाट बन्चित हुन्छन् ।’

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


गुल्मी खबर
गुल्मी खबर डट कम २०८० चैत्र २० गतेबाट नागरिक सन्देश मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।गुल्मी खबर डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई ([email protected]) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.