जन्मदिनको अवसरमा गौशाला र आश्रमलाई पन्थीको सहयोग



गुल्मी – पछिल्लो समय मानिसका जन्मदिन मनाउने तरिका आ–आफ्नै छन् । कतिपयले जन्मदिनको अवसरमा हजारौँ रकम होटल रेस्टुरेन्टमा खर्चिएर त्यो दिनलाई विशेष बनाउने गर्दछन् त कतिले फजुल खर्चलाई कटौती सामाजिक क्षेत्रमा पनि योगदान दिने गरेका छन् । जन्मदिनमा केक काट्ने साथीभाई भेटघाट तथा भोजभतेर गरेर आफ्नो जन्मदिनलाई बिशेष बनाउने प्रचलन हाम्रो समाजमा अझै पनि कायममै छ । तर,गुल्मीमा एक महिला उद्यमीले आफ्नो जन्मदिनको अवसरमा गो सेवा र अनाथ आश्रममा सहयोग गरेकी छिन् ।

जिल्लाको रेसुंगा नगरपालिका–९ उपल्लो तम्घास निवासी विन्दु पन्थी मरासिनीले जन्मोत्सवको अवसरमा रेसुंगा चौतारामा अवस्थित गौशालामा रहेका गाईलाई नुन, दाना र तिलोत्तमा नगरपालिकामा अवस्थित अविनास अनाथ आश्रमका बालबालिकालाई सहयोग गरेकी हुन् । उनले बिहीबार जिल्लाकै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल रेसुंगा गौशालामा पुगेर गाईलाई नुन, दाना खुवाएकी हुन् । त्यस्तै पन्थीले सोही दिन अविनास अनाथ आश्रमका १९ जना बालबालिकालाई शैक्षिक सामाग्री र स्कुल ड्रेस सहयोग गरेकी छन् ।


Advertisement

‘पछिल्लो समय जन्मदिन मनाउने बाहानामा हजारौँ रकम होटल रेस्टुरेन्टमा खर्च गर्ने चलन छ, पन्थीले भनिन्,मैले अहिलेको परिस्थितिमा जन्मदिनमा गर्ने फजुल खर्चलाई कटौती गरेर गो सेवा गरेकी हुँ।’ ‘आजभोली जन्मदिनको नाममा समाजमा हुने भड्किलो गतिबिधिलाई रोक्न र सभ्य समाज निर्माणका लागि हरेक बर्ष मेरो जन्मदिनको समय र पैसा सामाजिक काममै खर्चिने गरेको छु’ ,‘ उनले भनिन् ।’

उनले गाईहरूको आहारका लागि केही नुन र दाना पनि हस्तान्तरण गरेकी छिन् । विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील पन्थीले गाई र अनाथ बालबालिकाको सेवा गर्नु नै धर्म हुने भएकाले गौशालामै पुगेर जन्मदिन मनाएको बताईन् । परिवारका सबै सदस्यहरुको जन्मदिन समेत विगतका केही बर्षदेखि समाजिक कार्य नै गरेर मनाउँदै आईरहेको उनले बताईन् ।

धार्मिक क्षेत्रमा पुगेर पन्थीले गरेको गो सेवा पुण्य कर्म मात्र नभई समाजमै उदाहरण पेश गरेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । सबैलाई गो रक्षा र सेवाका निमित्त प्रतिदिन एक रुपैयाँका दरले आर्थिक सहयोग गर्न सकिने बताउँदै अध्यक्ष भुसालले यो पुण्य कर्ममा सरिक हुन सबैलाई आग्रह गरेका छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?


मनोज कार्की
कार्की गुल्मी खबरका संचालक हुन् । समसामयिक विषयमा कलम चलाउँदै आएका कार्कीले गुल्मी लगाएत आसपासका क्षेत्रबाट विभिन्न विषयहरुमा रिपोर्टिङ गर्दै आएका छन् ।

Advertisement
विज्ञापन

Ticker news is only displayed on the front page.